Skip This
कांग्रेस राष्ट्रपतिको लोभमा फस्न मिल्दैन : नारायणमान बिजुक्छे
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:५५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेस राष्ट्रपतिको लोभमा फस्न मिल्दैन : नारायणमान बिजुक्छे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:५५:oo

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नेपाली कांग्रेस राष्ट्रपतिको लोभमा फस्न नमिल्ने टिप्पणी गरेका छन्। प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने कांग्रेसले राष्ट्रपतिमा लोभ गरे त्योभन्दा नराम्रो दृष्टिकोण अरू केही नहुने उनको भनाइ छ।

रक्तसञ्चार क्लबको १३औँ वार्षिकोत्सवको अवसर पारेर सोमबार भक्तपुरमा आयोजित कार्यक्रममा उनले निर्वाचनका वेला सार्वजनिक गरिएको घोषणापत्रभन्दा बाहिर जाने छुट कुनै पनि राजनीतिक दललाई नरहेको स्पष्ट पारे। ‘यो राष्ट्रपतिको लोभले गर्दा सायद नेपाली कांग्रेसले त्यो बाटो अपनाएको हो कि? साँचो यही हो भने त्योजस्तो नराम्रो राजनीतिक दृष्टिकोण अरू छैन,’ उनले भने।

सत्तारुढ गठबन्धन प्रजातान्त्रिक नभएको भन्दै अध्यक्ष बिजुक्छेले असन्तुष्टिसमेत व्यक्त गरे। चुनावअघि र पछि पनि साझा घोषणापत्रअनुसार अघि बढ्न नसक्ने गरी गरिएको राजनीतिक गठबन्धनको कुनै अर्थ नहुने उनको भनाइ छ।