१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १७:४७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार

मनोज पाण्डेलाई सात वर्ष कैद सजाय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १७:४७:oo

मानव बेचबिखन मुद्दामा मोडल ग्लोबल भिजाज कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डेलाई सात वर्ष कैद सजाय निर्धारण भएको छ।

जिल्ला अदालत काठमाडौंले पाण्डेलाई सो सजाय निर्धारण गरेको हो। यसअघि १० माघमा न्यायाधीश दीपक ढकालको इजलासले पाण्डेलाई दोषी ठहर गरेको थियो। सजाय निर्धारण भने बाँकी थियो। 

न्यायाधीश ढकालको इजलासले मानव बेचबिखन ऐनको दफा ४ उपदफा २ को (ख) बमोजिम कसुर गरेको भन्दै सोही ऐनको दफा १५ दफा १को (छ) बमोजिम सात वर्ष कैद र पीडितलाई ७५ हजार रुपैयाँ क्षतिपूर्ति दिलाउने फैसला गरेको हो। 

न्यायाधीश ढकालको इजलासले १० माघमै बाल यौन दुराचार कसुरमा पनि दोषी ठहर गर्दै पाण्डेलाई ६ महिना कैद र ५० हजार रुपैयाँ क्षतिपूर्ति सुनाएको थियो । 

त्यही इजलासले आज पाण्डेलाई सात वर्ष कैद र ७५ हजार रुपैयाँ जरिवाना निर्धारण गरेको हो। 

तीन वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा दोषी ठहर भएमा एक महिनाभित्र अर्को सुनुवाइ गर्नुपर्ने कानुनी व्यवस्थाअनुसार पाण्डेलाई सोमबार मानव बेचबिखन मुद्दामा सजाय निर्धारण गरेको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए।

पाण्डेविरुद्ध गत १ असारमा मानव बेचबिखन र बाल यौन दुर्व्यवहारको कसुरमा मुद्दा दर्ता भएको थियो। 

८ वर्षअघि सौन्दर्य प्रतियोगिताकी सहभागी एक किशोरीले पाण्डेले सक्सेस पार्टीको नाममा बोलाएर बलात्कार गरेको भन्दै सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेपछि पाण्डेलाई ७ जेठमा प्रहरीले स्वयम्भूबाट पक्राउ गरेको थियो। 

बलात्कार गरेका वेला आफू नाबालिग रहेको बताएकी किशोरीले त्यसवेला पाण्डेले पटक-पटक आफ्ना साथीहरूलाई समेत बलात्कार गर्न लगाएको बताएकी थिइन्। 

ad
ad