मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ चैत १५ बुधबार
  • Wednesday, 29 March, 2023
नयाँ पत्रिका काठमाडौं
२०७९ माघ २२ आइतबार १५:५१:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सेयर बजारमा झिनो अंकको वृद्धि 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ माघ २२ आइतबार १५:५१:००

हप्ताको पहिलो दिन आइतबार सेयर बजार झिनो अंकले बढेको छ। सेयर बजार परिसूचक नेप्से आज एक दशमलव ५४ अंकले बढेर दुई हजार ९६ दशमलव शून्य नौ विन्दुमा  पुगेको छ।

आज माइक्रोफाइनान्स, बिमा र अन्य समूहको सेयरबाहेक सबै समूहको सेयर सामान्य अंकले बढेको छ। आज दुई सय ५८ वटा कम्पनीका ५२ लाख कित्ता सेयर किनबेच हुँदा एक अर्ब ९३ करोड १७ लाख रुपैयाँको कारोबार भएको छ। सबैभन्दा धेरै नेपाल लाइफ इन्सुरेन्स कम्पनीको ६ करोड ४४ लाख रुपैयाँको सेयर किनबेच भएको छ।

आज आदर्श लघुवित्तको सेयर १० र पोखरा फाइनान्सको सेयर साढे आठ प्रतिशतले बढेको छ भने धेरै इस्टर्न हाइड्रोपावर कम्पनीको सेयर साढे पाँच प्रतिशतले घटेको छ।