मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ माघ २२ आइतबार १५:३४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

किसान रुवाउने बिचौलियालाई तत्काल हतकडी लाएर थुन्नुस् : सांसद शाही 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ माघ २२ आइतबार १५:३४:००

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानबहादुर शाहीले भारतबाट आउने तरकारी तत्काल बन्द गर्न आग्रह गरेका छन्। 

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शाहीले किसान रुवाउने बिचौलियालाई हतकडी लगाएर थुन्न कृषि तथा पशुपक्षीमन्त्री ज्वालाकुमारी साहलाई यस्तो आग्रह गरेका हुन्। 

उनले चितवनका किसानले मूल्य नपाएर सडकमा तरकारी फालेको घटनालाई स्मरण गर्दै उनले किसान रुवाउने र बजार कब्जा गर्ने बिचौलियालाई तत्काल कारबाही गर्न ध्यानाकर्षण गराए।