Skip This
सडककाे नाम ‘महात्मा गान्धी’ राख्ने प्रस्ताव विवादमा, राजदूतले अनावरण गर्ने कार्यक्रम स्थगित
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ २१ शनिबार
  • Saturday, 27 July, 2024
तिवारी यादव वीरगन्ज
२o७९ माघ २१ शनिबार १५:o७:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सडककाे नाम ‘महात्मा गान्धी’ राख्ने प्रस्ताव विवादमा, राजदूतले अनावरण गर्ने कार्यक्रम स्थगित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ माघ २१ शनिबार १५:o७:oo

वीरगन्जमा एडिबीको अनुदानमा निर्माण भएको पिपरा लिंकरोडको नामाकरणलाई लिएर विवाद सुरु भएको छ। वीरगन्ज महानगरपालिका–१४ पिपरास्थित सडकको नामाकरण महात्मा गान्धीमार्ग राख्ने विषयलाई लिएर विवाद सुरु भएको हो। 

महात्मा गान्धी मार्गको नामाकरणकै विषयमा स्थानीयवासी दुई गुटमा विभाजित भएर पक्ष र विपक्षमा प्रदर्शन गरिरहेका छन्। बुधबार केही स्थानीयले उता रोडको नामाकरण महात्मा गान्धी मार्ग अनावरण गर्न नपाइने भन्दै विरोध गरेका थिए। 

स्थानीय युवाले पिपराको ऐतिहासिक र धार्मिक महत्वलाई समाप्त पार्ने उद्देश्यले महात्मा गान्धीको नाउँबाट नामाकरण गर्न खोजिएको भन्दै सडकमा आएर विरोध प्रर्दशन गरे। यस्तै, शनिबार बिहान अर्को पक्षले जनतालाई भ्रमित पारेर पिपराको विकासमा अवरोध गर्न खोजेको भन्दै प्रदर्शन गरेका छन्।

विकासको काममा अवरोध गर्न पाइँदैन, आमजनतालाई भ्रमित गर्न पाइँदैनलगायतका नारा लगाउँदै ठूलो पिपराबाट निस्केको विरोध प्रदर्शन चिनीमिल आवास क्षेत्रअगाडि आएर कोणसभामा परिणत भएको थियो। 

पिपराको विकास हुन नदिन केही व्यक्ति लागेको भन्दै उनीहरुको विरोधमा सम्पूर्ण गाउँवासी सडकमा उत्रिएको कांग्रेसका नगर सचिवसमेत रहेका स्थानीय श्याम पटेलले बताए। उनले सडकको नाम ‘महात्मा गान्धी पथ’ राख्दैमा पिपराको कुनै पनि ऐतिहासिक पहिचान नमेटिने पनि प्रस्ट पारे।

बुधबार नै कार्यक्रम स्थगितको सूचना 

पिपराको ऐतिहासिक र धार्मिक महत्वलाई समाप्त पार्ने उद्देश्यले महात्मा गान्धीको नाउँबाट नामाकरण गर्न खोजिएको भन्दै स्थानीय युवाहरूले विरोध प्रदर्शन गरेपछि गत बुधबार महानगरले एक सूचना जारी गर्दै सडक नामाकरण अनावरण समारोह हालका लागि स्थगित गरिएको जनाएको छ। 

गएको बिहीबार मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबाट संयुक्त रूपमा नामाकरण शिलान्यास अनावरण गराउने तय भएको थियो। 

१९ माघमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा महानगरभित्रको ऐतिहासिक पिपरा क्षेत्रमा अवस्थित पशुपतिनाथ मन्दिर, पिपरा मठ र लक्ष्मणपार्कको सौन्दर्यकरण तथा संरक्षण गर्ने योजना अगाडि बढिरहेको सन्दर्भमा यसबारे अनेकथरीका दुष्प्रचार गर्ने प्रयास गरिएको भन्दै महानगरको गम्भीर ध्यानाकर्षण भएको सूचनामा उल्लेख छ।