१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
अमुल थापा काठमाडौं
Invalid date format १४:१७:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

‘क्यानको बेइमानी, बलात्कार अभियुक्तको जमानी’

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:१७:oo

नेपाल क्रिकेट संघ (क्यान)ले बलात्कार अभियोग लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई बन्द प्रशिक्षणमा बोलाएपछि सवत्र आलोचना भएको छ। 

 क्यानले बुधबार सन्दीपमाथि कारबाही फुकुवा गर्दै आइसिसी विश्वकप क्रिकेट लिग २ शृंखलाअन्तर्गत दोस्रो चरणको बन्द प्रशिक्षणमा समावेश गरेको थियो। सन्दीप शुक्रबारदेखि प्रशिक्षणमा फर्किएका छन्। बालिकामाथिको बलात्कार अभियोग लागेका सन्दीपलाई क्यानले नै गत भदौमा निलम्बन गरेको थियो।

बलात्कारजस्तो गम्भीर अभियोग लागेका व्यक्तिलाई राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा राख्न नहुने भनी सन्दीपको सोसल मिडियामा तीव्र आलोचना भइरहेको छ ।  कांग्रेसका महामन्त्रीद्वय गगन थापा विश्वप्रकाश शर्माले सोसल मिडियामा क्यानको निर्णयप्रति आलोचना समेत गरेका छन्।एकपछि अर्को विवादमा पर्दै आएको क्यानको यो पछिल्लो निर्णयविरुद्ध सडकमा प्रदर्शन समेत भएको छ।