१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ माघ २० शुक्रबार १३:४९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपालको विकासमा भारत प्रतिबद्ध : राजदूत श्रीवास्तव

Read Time : < 1 मिनेट
२०७९ माघ २० शुक्रबार १३:४९:००

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकार नेपालको विकासमा जोड दिन सधैँ प्रतिबद्ध रहेको बताएका छन् ।

नेपाल–भारत मैत्री युवा संघ केन्द्रीय समितिले शुक्रबार जनकपुरमा आफ्नो स्वागतमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । राजदूत श्रीवास्तवले नेपालको विकास भए भारतलाई पनि फाइदा हुने भएकाले भारत सरकार नेपालको विकासमा आवश्यक सबै खालको सहयोग गर्न पूर्ण रूपमा लागिपरेको स्पष्ट पारे ।

उनले जनकपुर–जयनगर रेल सेवा विस्तार गरेर जनकपुरलाई धार्मिक पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न भारत सरकार लागिपरेको बताए । राजदूत श्रीवास्तवले नेपाल–भारतबीचको सम्बन्ध जनस्तरमा नै प्रगाढ रहेको उल्लेख गर्दै यसलाई अझै सृदृढ बनाउँदै लैजानुपर्नेमा जोड दिए ।

‘भारतको इच्छा नेपालमा कसरी विकास गर्न सकिन्छ भन्ने हो । मित्रताको साथमा विकासलाई पनि भारतले जोड दिएको छ । किनकि नेपालको विकास भयो भने त्यसले भारतलाई पनि फाइदा हुने हो,’ उनले भने ।