Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७९ माघ २० शुक्रबार १०:१८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चिर्पटले हानेर बाबुको हत्या

Read Time : < 1 मिनेट
२०७९ माघ २० शुक्रबार १०:१८:००

रौतहटको चन्द्रपुरमा आफ्नै छोराले बाबुको हत्या गरेका छन् । घरायसी विवादमा चन्द्रपुर नगरपालिका– ६ का ३२ वर्षीय प्रकाश राईले बिहीबार राति आफ्नै बुबाको हत्या गरेका हुन् । 

राईले चिर्पटले टाउकोमा प्रहार गरेर ५५ वर्षीय बुबा नीरकुमारको हत्या गरेको प्रहरीले जनाएको छ । राईलाई राति नै प्रहरीले हिरासतमा लिएर अनुसन्धान थालेको छ ।

बाबु र छोरा प्रकाशबीच राति सामान्य विवाद हुँदा प्रकाशले चिर्पटले हानेका थिए । बुबा नीरबहादुरको टाउको, निधारको दाहिने भाग, बायाँ गालामा गम्भीर चोट लागेर घाइते भई तत्काल चन्द्रपुर अस्पतालमा उपचारका लागि लगिएकोमा मृत्यु भएको इलाका प्रहरी चन्द्रनिगाहपुरले जनायो ।

घटनालगत्तै इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले छोरा प्रकाशलाई नियन्त्रणमा लिएको डिएसपी सन्तुप्रसाद जयसवालले जानकारी दिए । छोरा प्रकाशले मादक पदार्थ सेवन गरेर बुबा माथि आक्रमण गरेको प्रहरीको भनाइ रहेको छ ।