मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ माघ २० शुक्रबार १०:१०:००
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

फिल्म निर्देशनलाई निरन्तरता दिन्छु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ माघ २० शुक्रबार १०:१०:००
डा. कपिल रिजाल फिल्म निर्देशक

घरमा स्वास्थ्य मात्रै होइन, कलाकारिताको पनि माहोल थियो । फुर्सदमा गिटार बजाएर गीत गाउँथेँ । बाल्यकालदेखि नै फिल्मप्रतिको लगाव थियो । २० वर्षअघि नै मैले म्युजिक भिडियो निर्देशन गरेको थिएँ । यस भिडियोमा मदनकृष्ण श्रेष्ठ दाइले अभिनय गर्नुभएको थियो । मैले कलेजमा ‘डेन्टल’ पढ्ने वेलामै सर्ट फिल्म बनाएँ । त्यो सर्ट फिल्म पनि डाक्टर र बिरामीबीचको कथामा आधारित थियो । 

त्यसपछि डेन्टल पढ्न बेलायत गएँ । त्यहाँ पनि मैले फुर्सदमा फिल्मसम्बन्धी कोर्स लिएँ । संसारका फिल्महरू हेर्न थालेँ । बेलायतमै रहेर पनि मैले म्युजिक भिडियो निर्माण गरेँ । कोरोना कहरको वेला मैले एउटा सर्ट फिल्म पनि बनाएँ । 

आफ्नो रुचि भएको काम गर्नलाई समय चाहिँदैन । मेरो हकमा पनि त्यही हो, सिनेमामार्फत मलाई कथा भन्न मन लाग्छ । फुर्सद हुनेबित्तिकै सिनेमाको कथामै घोत्लिन्छु । बेलायतमा डेन्टल हस्पिटल छ । यसलाई परिवारले सम्हाल्छन् । अब म पूर्णकालीन रूपमा सिनेमा निर्देशनमा लाग्छु । नेपालमा थुप्रै कथा भन्न बाँकी छन् । मैले फिल्म निर्देशन र सम्पादनका कोर्सहरू गरेको छु । ‘ह्यारीकी प्यारी’ मेरो पहिलो फिचर फिल्म हो । यसमा फरक–फरक परिवेशका पात्रको कथा समेटिएको छ ।