
मलेसियाका गृहमन्त्री सैफुदिन नासुसन इस्माइलले आजबाट उच्चस्तरीय भेटघाट गर्दै छन् । तीनदिने नेपाल भ्रमणका क्रममा बिहीबार साँझ काठमाडौं आएका उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रपति विद्यादेवी भण्डारी, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याललगायतसँग भेटघाट गर्ने कार्यक्रम छ ।
भ्रमणका क्रममा मलेसियाको ‘फरेन वर्कर इम्प्लोइमेन्ट रिल्याक्सेसन प्लान’बारे गृहमन्त्री इस्माइलले नेपाली अधिकारीसँग छलफल गर्ने बताइएको छ । भ्रमण सम्पन्न गरी उनी आगामी शनिबार स्वदेश फर्कने कार्यक्रम छ ।