मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ माघ १९ बिहीबार
  • Wednesday, 02 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o७९ माघ १९ बिहीबार २o:१६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रास्वपामा सरकार छाड्न नहुने मत बलियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ माघ १९ बिहीबार २o:१६:oo

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक चार घण्टादेखि बसिरहेको छ। सरकारमा रहने वा बाहिरिने भन्ने निर्णय गर्न बैठक बसिरहेको छ। 

बैठकमा सहभागी एक नेताले दिएको जानकारीअनुसार तत्काल सरकार छाड्न नहुने मत बलियो देखिएको छ। बैठकमा अहिलेसम्म बोलेका अधिकांश केन्द्रीय सदस्य र सांसदहरूले हतारिएर सरकारबाट बाहिरिन नहुने धारणा राखेका छन्। 

पार्टी सभापतिलाई गृह मन्त्रालय नदिएको कारण देखाएर सरकारबाट बाहिरिने हो भने पदलोलुपता देखिने भन्दै केही सांसदले पार्टीले गृह मन्त्रालय माग्नुपर्ने तर गृहमा पठाउने व्यक्ति सांसदहरूबीचबाटै खोज्नुपर्ने धारणा पनि राखेका छन्। 

केहीले भने चाँडो उपनिर्वाचनमा जानका लागि प्रधानमन्त्रीलाई सहमत गराउनुपर्ने र निर्वाचित भएर आएपछि पार्टी सभापतिले गृहमा दाबी गर्नुपर्ने धारणा पनि राखेका छन्। 

सभापति रवि लामिछानेनिकट भनेर चिनिएका नेता र सांसदले भने प्रधानमन्त्रीले गठबन्धनमा भएको सहमति पालना नगरी धोका दिएको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने धारणा पनि राखेका छन्। 

तर, तत्काल सरकार छाड्न नहुने धारणा राख्नेहरूको संख्या बढी रहेको ती नेताले जानकारी दिए।