मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ माघ १९ बिहीबार
  • Wednesday, 02 September, 2026
गणेश लम्साल विराटनगर
२o७९ माघ १९ बिहीबार २o:o४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ओलीको आरोप- डेढ वर्ष चलेकाे ‘नालायक’ सरकारले गर्दा व्यापारीले आत्महत्या गर्नुपर्ने अवस्था आयो 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o७९ माघ १९ बिहीबार २o:o४:oo

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले शेरबहादुर नेतृत्वमा डेढ वर्ष सञ्चालन भएको सरकारले गर्दा उद्योगी–व्यपारीले आत्महत्या गर्नुपर्ने अवस्था सिर्जना भएको आरोप लगाएका छन्। 

बिहीबार उद्योग परिसंघ प्रदेश १ ले विराटनगरमा आयोजना गरेको प्रथम 'सिएनआई एक्स्पो’ को उद्घाटन गर्दै अध्यक्ष ओलीले यस्तो अरोप लगाएका हुन्। 

उनले  व्यापार व्यवसायमा घाटा हुँदैमा र उतारचढाव आउँदैमा विचलित भएर आत्महत्याको विचार नलिन उद्योगी व्यवसायीहरूलाई आग्रह गरे। 

चन्द्र र सूर्य ग्रहणको उदाहरण दिँदै व्यापार व्यवसायमा उतारचढाव आउँदैमा विचलित हुनु ठीक नभएको उनको तर्क थियो। ‘चन्द्रसूर्यलाई त वेला वेला ग्रहणले छोप्छ भने उद्योगी व्यावसायीले पनि परमादेशको सरकारको ग्रहणले छोपेकै कारण तपाईं उद्योगी व्यवसायीहरू आत्तिनु गलत हो,’ उनले भने।  

उनले आफ्नो जेल जीवन स्मरण गर्दै उनले भने, 'जेलमा बस्दा जति हन्डर खाए पनि मैले कहिल्यै आत्महत्याको विचार लिइनँ। बरु परिवर्तनका लागि लडनुपर्छ भनेर निरन्तर लडिरहेँ। तपाईंहरूले पनि आत्महत्याको धेरै चर्चा नगर्नुहोस्। बरु समस्याको समाधानका लागि निरन्तर संघर्ष गर्नुहोस्।’