Skip This
रास्वपाको बैठक जारी, बैठकमा दुईथरी मत
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १९:१७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रास्वपाको बैठक जारी, बैठकमा दुईथरी मत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १९:१७:oo

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बसिरहेको छ। 

सरकारमा रहने वा बाहिरिने भन्ने निर्णय गर्न बसिरहेको बैठकमा मतविभाजित देखिएको छ। 

बैठकमा सहभागी नेताहरूले दिएको जानकारीअनुसार गठबन्धनको संस्कृतिअनुसार प्रधानमन्त्री नचलेकाले तत्काल सरकारबाट बाहिरिनुपर्ने र सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने धारणा राखेका छन्। 

केही केन्द्रीय सदस्य र सांसदहरूले भने सरकारमा सहभागी हुने निर्णय हतारमा गरिएजस्तै बाहिरिने निर्णय पनि हतारमा गर्न नहुने धारणा राखेका छन्। 

उनीहरूले पार्टी सभापति लामिछानेलाई नै गृह मन्त्रालयमा पठाउने अडान राखेर जानुभन्दा पूर्वसहमतिअनुसार उपप्रधानमन्त्री तथा गृहमन्त्री पार्टीले पाउनुपर्ने र पार्टीले अहिले रहेका सांसदहरूमध्येबाटै कसैलाई पठाउने निर्णय गर्नुपर्ने धारणा पनि राखेका छन्। 

पार्टी सभापति रवि लामिछानेले प्रधानमन्त्री तथा गठबन्धनका नेताहरूसँग पछिल्लो समय भएका छलफलका विषयमा ब्रिफिङ गरेपछि नेताहरूले धारणा राखिरहेका हुन्। 

बैठक करिब तीन घण्टादेखि चलिरहेको छ। 

पार्टी सभापति रवि लामिछानेको नागरिकता सम्बन्धमा सर्वोच्च अदालतको आदेशपछि विकसित घटनाक्रमबारे छलफल गर्न बसेको बैठक अहिले बसिरहेको हो। 

सर्वोच्चको आदेशसँगै पार्टी सभापति, सांसद, उपप्रधानमन्त्री र गृहमन्त्री गुमाएका लामिछानेले नागरिकता पुनः लिएपछि उपप्रधामन्त्री तथा गृहमन्त्रीमा जाने इच्छा व्यक्त गरिरहेका छन्। 

तर, प्रधानमन्त्री प्रचण्डले सर्वोच्चको पूर्ण पाठ आउन बाँकी रहेको तथा दोहोरो राहदानीको विषय सार्वजनिक भएकाले लामिछानेलाई तत्काल सरकारमा लैजान नसक्ने अडान राख्दै आएका छन्।