Skip This
बलात्कार अभियोगकै बीच राष्ट्रिय टिममा बोलाइए सन्दीप, भोलि फिटनेस परीक्षण
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:१o:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

बलात्कार अभियोगकै बीच राष्ट्रिय टिममा बोलाइए सन्दीप, भोलि फिटनेस परीक्षण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:१o:oo

नाबालिग बलात्कारका अभियुक्त सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय टिममा फिर्ता बोलाएको छ।

निलम्बन फिर्ता लिएको दुई दिनपछि नै क्यानले लामिछानेलाई राष्ट्रिय टिममा फिर्ता बोलाएको हो। 

एक नाबालिकाले आफूलाई बलात्कार गरेको भन्दै प्रहरीमा दिएको जाहेरीका आधारमा गत २१ भदौमा अदालतले पक्राउ पुर्जी जारी गरेपछि क्यानले लामिछानेलाई निलम्बन गरेको थियो। 

जिल्ला अदालत काठमाडौंको आदेशमा पुर्पक्षका लागि थुनामा रहेका उनी २९ मंसिरमा उच्च अदालत पाटनबाट धरौटीमा रिहा भएपछि क्यानले फिर्ता बोलाउने बताउँदै आएको थियो। पोखरामा सम्पन्न क्यानको बोर्ड बैठकबाट लामिछानेको निलम्बन फिर्ता भएको थियो। 

निलम्बन फुकुवापछि क्यानले राष्ट्रिय टिममा फर्काउने अधिकार भने खेलाडी छनोट समितिलाई दिइएको थियो। प्रमुख छनोटकर्ता दीपेन्द्र चौधरीले टिममा सन्दीपको आवश्यकता देखेर समावेश गरिएको जानकारी दि। 

उनले आगामी मार्च १ देखि नेपालमा आयोजना हुने आइसिसी मेन्स क्रिकेट विश्वकप लिग २ लाई ध्यानमा राखेर सन्दीपलाई टिममा फर्काइएको प्रतिक्रिया दिए।

अब उनको फिटनेस र फिजियो परीक्षण हेरिने चौधरीले बताए। स्रोतका अनुसार आजै उनले त्रिवि खेल मैदानमा केहीबेर अभ्यास गरेका थिए। त्यसअघि उनले प्रमुख प्रशिक्षक मोन्टी देसाईसँग पनि भेटेका थिए।