Skip This
गण्डकी प्रदेश सभाबाट दुई अध्यादेश पारित 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format १७:५५:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

गण्डकी प्रदेश सभाबाट दुई अध्यादेश पारित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:५५:oo

गण्डकी प्रदेश सभाको बिहीबार बसेको बैठकले दुई अध्यादेश पारित गरेको छ। बैठकले ‘गण्डकी प्रदेशको निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’ र ‘स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’ पारित गरेको हो।

प्रदेश सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री रोशनबहादुर गाहा थापाले ती दुई अध्यादेश पारित गरियोस् भन्ने प्रस्ताव बैठकमा पेस गरेका थिए। त्यसपछि बैठकले अध्यादेश पारित गरेको हो।

यसअघि १८ पुसमा बसेको प्रदेश सभा बैठकमा प्रदेश सरकारका तर्फबाट तत्कालीन कानुन सञ्चार तथा प्रदेश सभा मामिलामन्त्री बिन्दुकुमार थापाले नेपालको संविधानको धारा २०२ तथा प्रदेश सभा नियमावली ०७४ को उपनियम १ बमोजिम यी दुई अध्यादेश पेस गरेका थिए।

त्यसअघि ७ असोज ०७९ मा बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले यी दुई अध्यादेश जारी गरेको थियो। प्रदेश सरकारले जारी गरेको अध्यादेश सोही दिन प्रदेश प्रमुखले नेपालको संविधानको धारा २०२ को उपधारा १ बमोजिम प्रमाणीकरण गरेका थिए। प्रदेश प्रमुखले प्रमाणीकरण गरेसँगै दुई अध्यादेश सोही दिन प्रदेश राजपत्रमा प्रकाशित गरिएका थिए।