१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ माघ १९ बिहीबार १४:२९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सांसद काठमाडौंकेन्द्रित भए गाउँ पस्दा जनताले लखेट्छन् : उपसभामुख राना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ माघ १९ बिहीबार १४:२९:००

उपसभामुख इन्दिरा रानाले काठमाडौंकेन्द्रित नहुन सांसदहरूलाई सुझाव दिएकी छिन् ।

बिहीबार संसद् भवन नयाँ बानेश्वरमा आयोजित प्रतिनिधिसभाका सदस्यका लागि दुईदिने अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो सुझाव दिएकी हुन् । सांसदहरूले स्थलगत अवलोकन गरी जनताका समस्या संसदमा उठाउनुपर्नेमा जोड दिइन् ।

‘सांसदहरूले स्थलगत अवलोकन गरेर जनताका इस्यु उठाउनुहुनेछ । हामी काठमाडौंकेन्द्रित मात्रै भएर बस्ने हो भने हामीलाई गाउँमा जाँदा जनताले राँको बालेर खेदाउँछन्,’ उनले भनिन् ।

उनले आफू उपसभामुख भइसकेपछि केही जिल्ला भ्रमण गर्दा उपसभामुखलाई उप–चुप जस्ता वाक्यांश प्रयोग गरेर हेप्ने गरिएको पाएको बताइन् ।