१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ १९ बिहीबार
  • Friday, 09 May, 2025
गणेश लम्साल विराटनगर
२o७९ माघ १९ बिहीबार o९:१९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रहरी हवल्दार नै लागुऔषध कारोबारी 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o७९ माघ १९ बिहीबार o९:१९:oo

महँगो र कडाखाले लागुऔषध खैरो हेरोइन कारोबारमा नेपाल प्रहरीका हवल्दार नै संलग्न रहेको खुलेको छ। भारतीय बजार जोगबनी नाकाबाट खैरो हिराेइन ल्याउँदै गर्दा भरिया पक्राउ परेपछि कारोबारमा प्रहरीका एकजना सहायक हवल्दार नै संलग्न भएको खुलेको हो । 

गत मंगलबार दिउँसो लागुऔषध नियन्त्रण ब्युरोले  भारतीय बजार जोगबनीबाट लुकाइछिपाई एक सय २० मिलिग्राम खैरो हिराइन नेपालतर्फ ल्याउँदै गर्दा विराटनगर– १३ झमेली चोकबाट  विराटनगर– १५ का २० वर्षीय नजाम खानलाई पक्राउ गरेको थियो । सोधपुछका क्रममा खानले आफू भरिया मात्र भएको र वास्तविक  कारोबारी सहायक हवल्दार अमरनाथ रहेको बयान दिएका थिए । 

सोही बयानका आधारमा ३१ वर्षीय सहायक हवल्दार अमरनाथलाई पनि हिरासतमा लिएर अनुसन्धान थालेको मोरङ प्रहरी प्रवक्ता दीपक श्रेष्ठले बताए ।   

लागुऔषध कारोबारका आरोपी सहायक हवल्दार अमरनाथ प्रदेश १ प्रहरी कार्यालय विराटनगरमा कार्यरत थिए। प्रहरीले भरिया खान र कारोबारी हवल्दार अमरनाथ दुवैलाई लागुऔषध ओसारपसार ऐनअन्तर्गत अदालतमा म्याद थप गरिसकेको जनाएको छ ।