Skip This
बागमती प्रदेश सभाको सातौँ बैठक २२ गते बस्ने
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ १९ बिहीबार
  • Saturday, 27 July, 2024
२o७९ माघ १९ बिहीबार o८:१५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बागमती प्रदेश सभाको सातौँ बैठक २२ गते बस्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ माघ १९ बिहीबार o८:१५:oo

बागमती प्रदेश सभाको दोस्रो कार्यकालको सातौँ बैठक यही माघ २२ गते बस्ने भएको छ । प्रदेश सभा सचिवालय हेटौँडाले बुधबार एक सूचना जारी गर्दै प्रदेश सभाको बैठक २२ गतेका लागि आह्वान गरेको हो ।

बागमती प्रदेश सभा सचिवालयका सचिव कृष्णहरि खड्काले प्रदेश सभा बैठक बस्नुअघि सोही दिन बिहान ११ बजे सर्वदलीय बैठकको बोलाइएको जानकारी पनि दिए । सर्वदलीय बैठकले दिउँसो बस्ने प्रदेश सभा बैठकको कार्यसूची तय गर्ने सचिव खड्काले बताए ।

गत माघ ३ गते मुख्यमन्त्री सालिकराम जम्कट्टेलले विश्वासको मत लिएपछि अनिश्चितकालका लागि स्थगित भएको प्रदेश सभाको बैठक २२ गते दिउँसो २ बजे बस्ने भएको हो । यसपटक प्रदेश सभामा कांग्रेसका ३७ जना, एमालेका २७ जना, माओवादीका २१, एकीकृत समाजवादीका सात, राप्रपाका १३, नेमकिपाका तीनजना र हाम्रो नेपाली पार्टीका दुईजना गरी एक सय १० जना सांसद रहेका छन् ।