मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ चैत १७ शुक्रबार
  • Friday, 31 March, 2023
नयाँ पत्रिका काठमाडौं
२०७९ माघ १७ मंगलबार १६:४७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

परराष्ट्रमन्त्री र बंगलादेशका राजदूत चौधरीबीच भेटवार्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ माघ १७ मंगलबार १६:४७:००

परराष्ट्रमन्त्री डा. बिमला राई पौड्याल र नेपालका लागि बंगलादेशका राजदूत सलाउद्दिन नोमन चौधरीबीच भेटवार्ता भएको छ।

मन्त्रालयमा मंगलबार भएको भेटमा परराष्ट्रमन्त्री पौड्यालले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट ढाका फ्लाइट सुरु गर्न राजदूत चौधरीलाई आग्रह गरिन्। मन्त्री पौड्याल र राजदूत चौधरीबीचको भेटमा नेपाल र बंगलादेशबीचको पर्यटन, व्यापार तथा कृषि क्षेत्रमा सहयोग र साझेदारी अभिवृद्धि गर्ने सम्बन्धमा पनि छलफल भएको छ।

भेटका अवसरमा राजदूत चौधरीले श्रीलंकाको ७५औँ स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुने बंगलादेशी विदेशमन्त्री डा. एके अब्दुल मोमेनसँग भेटवार्ता गरी दुई देशबीचको सहकार्यलाई अझ बलियो बनाउन परराष्ट्र मन्त्री पौड्यालसँग अनुरोध गरे।