१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौँ
Invalid date format १४:२७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

वातावरण तथा जलवायु परिवर्तनमा नेपाली युवा परियोजनाको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
Invalid date format १४:२७:oo

युथ इन्नोभेसन ल्याबले युरोपेली संघको आर्थिक सहयोगमा वातावरण तथा जलवायु परिवर्तनमा नेपाली युवा परियोजनाको वार्षिक समीक्षा कार्यक्रम सञ्चालन गरेको छ। कार्यक्रमको सुरुवात ६ जना उद्यमी इन्नोभेसन ग्रान्टका विजेताहरूको नवीनतम उत्पादनहरूको प्रदर्शन गर्दै नवप्रवर्तन पदयात्राबाट भएको थियो।

मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशलक्षित चारवर्षे उक्त परियोजना पहिलो वर्ष मधेस प्रदेशमा कार्यान्वयन भएको युथ इन्नोभेसन ल्याबले जनाएकाे छ। संस्थाका अनुसार पहिलो वर्षमा १९५५ युवाहरूको संलग्नता रहेको थियो। यसका साथै २०४ सरकारी अधिकारीहरूलाई विपद् पोर्टल, विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन तथा जलवायु परिवर्तन अनुकूलनमा उन्मुख गरिएको बताइएकाे छ।

अत्यावश्यक पूर्वाधारहरूको संकलन र संकटासन्नता तथा क्षमता विश्लेषणको क्रममा समुदायका ३१६७ सदस्य र १८ स्थानीय–क्षेत्रीय विशेषज्ञहरूलाई सल्लाहकारको रूपमा संलग्न गरिएको थियो।

कार्यक्रमको समापन सत्रमा स्थानीय र प्रादेशिक सरकारहरू, सल्लाहकारहरू, डिजिटल स्वयंसेवकहरू र क्लाइमेट फेलोहरूलाई उनीहरूको निरन्तर सहयोग र योगदानको लागि सम्मान गरिएको थियो।