Skip This
देवशिला जनकपुरबाट अयोध्यातर्फ लगिँदै
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ १७ मंगलबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ माघ १७ मंगलबार १३:o५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

देवशिला जनकपुरबाट अयोध्यातर्फ लगिँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ माघ १७ मंगलबार १३:o५:oo

भारतको अयोध्यामा निर्माणाधीन राम मन्दिरमा रामको मूर्ति बनाउन म्याग्दीको गलेश्वरधामबाट जनकपुरधाम ल्याइएका देवशिला सोमबार बिहान अयोध्या पठाइएको छ। शिला आज गोरखपुरमा राखिनेछ।

मिथिला परम्पराअनुसार शिलासँगै जनकपुरधामका तर्फबाट मिठाई, लत्ताकपडालगायतका कोसेलीसहित पाहुर पठाइएको छ। जनकपुरबाट भारतको मुजफ्फरपुर–गोरखपुर हुँदै दुवै शिला बुधबार अयोध्या पुग्नेछ।

यसअघि आइतबार साँझ धार्मिक विधिअनुसार नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधि र उनकी पत्नी अनामिका निधिले दुवै देवशिलाको पूजा गरेका थिए। शिलाका साथ कांग्रेस नेता निधि, जानकी मन्दिरका महन्थ रामतपेश्वर दास, राम मन्दिर निर्माण समितिका सचिव राजेन्द्रसिंह पंकजलगायत सहभागी छन्।

जनकपुरबाट प्रस्थान गरेको शिला सोमबार मुजफ्फर पुर्‍याएपछि त्यहाँ स्थानीयले स्वागत तथा पूजाअर्चना गर्ने कार्यक्रम रहेको छ। मंगलबार बिहान दुवै शिलासहितको टिम गोरखपुर प्रस्थान गर्ने कार्यक्रम छ। गोरखपुरबाट बुधबार बिहान अयोध्या पुगेपछि नेपालका तर्फबाट कांग्रेस नेता निधिले शिला हस्तान्तरण गर्नेछन्।

शिला पठाउने औपचारिक निर्णयपछि कालीगण्डकीमा माघ १ गते क्षमापूजा गरिएको थियो।

म्याग्दीको बेनी नगरपालिका– ६ ठूलोपहिरोस्थित कालीगण्डकी नदी किनारको शिला क्रेनमार्फत निकालिएको थियो। १८ र १६ मेट्रिकटन तौल भएका शिला सात फिट लम्बाइ, पाँच फिट चौडाइ र ३.५ फिट मोटाइका छन् ।