मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ माघ १७ मंगलबार
  • Wednesday, 02 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o७९ माघ १७ मंगलबार o८:२२:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

आइसिटी विद्यालयमा समेत छैन इ–लाइब्रेरी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ माघ १७ मंगलबार o८:२२:oo

केन्द्रदेखि स्थानीय तहबाट बजेट पाएर आइसिटी ल्याब स्थापना गरेका विद्यालयमा समेत इ–लाइब्रेरी नभएको पाइएको छ । शिक्षा मन्त्रालयका अनुसार अहिलेसम्म ६ हजार आठ सय ६९ विद्यालयले आइसिटी ल्याब सञ्चालन गरेका छन् । त्यस्ता विद्यालयमा इलाइब्रेरी हुनुपर्ने व्यवस्था भए पनि नपाइएपछि शिक्षा मन्त्रालयले ध्यानाकर्षण गराएको छ । इलाइब्रेरी प्रयोग सिकाइ उपलब्धि बढाउन सकिने मन्त्रालयले जनाएको छ । 

शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले कतिपय आइसिटी ल्याब भएकै ठाउँमा पनि इ–लाइब्रेरी नभएको जानकारी आएको बताए । ‘आइसिटी भएका कति विद्यालयमा इ–लाइब्रेरी छैन भन्ने यकिन छैन, तर सरसर्ती हेर्दा कतिपय नभएका विद्यालय पायौँ,’ उनले भने, ‘कति डिजिटल सामग्री उत्पादन भएका छन्, यिनीहरूलाई प्रयोगका लागि आग्रह गरेका छौँ ।’

मन्त्रालयले इ–लाइब्रेरीको तत्काल व्यवस्था गरी शिक्षण सिकाइलाई प्रभावकारी बनाउन आग्रह गरेको छ । शर्माले सोमबार विज्ञप्ति जारी गरी विद्यालयस्तरका पाठ्यक्रम, पाठ्यपुस्तकमा आधारित यस्ता डिजिटल सामग्री प्रयोगका लागि आग्रह गरेका छन् ।