Skip This
फरार सूचीका दुई प्रतिवादी पक्राउ
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ १६ सोमबार
  • Tuesday, 13 May, 2025
२o७९ माघ १६ सोमबार १९:३१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

फरार सूचीका दुई प्रतिवादी पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ माघ १६ सोमबार १९:३१:oo

जुम्लामा प्रहरीले फरार दुईजना प्रतिवादीलाई पक्राउ गरेको छ। बहुविवाह मुद्दाका फरार प्रतिवादी पातारासी गाउँपालिका– ६ का लक्ष्मी विष्टलाई जिल्ला प्रहरी कार्यालय जुम्लाले पक्राउ गरेको हो।

जिल्ला अदालत जुम्लाले २०७८ चैत ११ गते गरेको फैसलामा उनलाई १० हजार रूपैयाँ जरिवाना र १० महिना २८ दिन कैद सजायको फैसला सुनाएको थियो।

फरार सूचीमा रहेका विष्टलाई जिल्ला प्रहरी कार्यालय जुम्लाबाट प्रहरी सहायक निरीक्षक कुलबहादुर रोकाया नेतृत्वको सादा पोसाकमा खटिएको टोलीले चन्दननाथ नगरपालिका–१ ठिन्केबाट नियन्त्रणमा लिइएको हो। 

निज प्रतिवादीलाई जिल्ला अदालत जुम्लामा पेस गरिएको जुम्ला प्रहरी प्रमुख डिएसपी नरेन्द्र चन्दले जानकारी दिए। यस्तै, फरार सूचीमा रहेका प्रतिबादी चन्दननाथ नगरपालिका –५ का ३१ वर्षीय विकाश सुनारलाई प्रहरीले पक्राउ गरेको छ। 

जिल्ला अदालत जुम्लाको २०७४ जेठ १४ गतेको फैसला आदेशले अवैध गर्भपतन मुद्दामा सुनारलाई २५० रुपैयाँ जरिवाना र एक वर्ष कैद सजाय तोकेको थियो।

जिल्ला प्रहरी कार्यालयबाट सादा पोसाकमा खटिई गएको प्रहरी टोलीले आज सदरमुकाम खलंगा बजारबाट पक्राउ गरेर अदालतमा पेस गरिएको जनाएको छ।