Skip This
दुई करोड सम्पत्तिको स्रोत नखुलेपछि इन्जिनियर आचार्यलाई एक वर्ष कैद सजाय
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
शिल्पा कर्ण काठमाडौं
Invalid date format १९:o१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दुई करोड सम्पत्तिको स्रोत नखुलेपछि इन्जिनियर आचार्यलाई एक वर्ष कैद सजाय

Read Time : < 1 मिनेट
शिल्पा कर्ण, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १९:o१:oo

विशेष अदालतले गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा एक इन्जिनियरलाई दुई करोड रुपैयाँ बिगोबमोजिम जरिवाना तथा एक वर्ष कैद सजाय सुनाएको छ। 

भरतराज आचार्यसमेत दुईजना माथि मुद्दा दायर भएकोमा सोमबार उनीहरूलाई दोषी ठहर गर्दै सजाय सुनाइएको हो।विशेषका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय यमुना भट्टराई र खुसीप्रसाद थारूको इजलासले यस्तो फैसला गरेको हो। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १९ असार २०७७ मा आचार्यसहित उनकी श्रीमती रीतादेवी खनालविरुद्ध जफत प्रयोजनका लागि मुद्दा दायर भएको थियो।
 
सडक विभागअन्तर्गतका इन्जिनियर आचार्यले २०४१ सालमा सब ओभरसियर पदबाट सरकारी सेवामा प्रवेश गरेका हुन्।अख्तियारको अनुसन्धानअनुसार २०७६ जेठ मसान्तसम्म उनले ५ करोड २९ लाख ४२ हजार रुपैयाँ आर्जन गरेका थिए। जब कि वैध आय २ करोड ७ लाख रुपैयाँ मात्र हुनुपर्ने थियो। 

यसरी ३ करोड २१ लाख ६२ हजारभन्दा बढी सम्पत्ति गैरकानुनी रूपमा आर्जन गरेको अभियोग दाबीसहित मुद्दा दायर भएकोमा लगभग दुई करोड रुपैयाँको स्रोत खुलाउन नसकेको भन्दै अभियोग दाबी ठहरको फैसला भएको हो। 

विशेष स्रोतका अनुसार उनलाई एक करोड ९० लाख १९ हजार रुपैयाँभन्दा बढी बिगोबमोजिम जरिवाना तोकिएको छ। पछिल्लो समय आचार्य सडक विभागअन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रमा कार्यरत थिए। 

आइतबार पनि विशेषले एकजना सरकारी कर्मचारीलाई गैरकानुनी सम्पत्ति मुद्दामा सजाय सुनाएको थियो। राजस्व अनुसन्धान विभागका अधिकृत रामजी रिजाललाई ६ महिना कैद तथा साढे ४६ लाख हाराहारी बिगोबमोजिम जरिवाना हुने फैसला भएको थियो।