Skip This
दुर्घटनामा मृत्युपछि राजमार्ग बन्द
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ १६ सोमबार
  • Tuesday, 13 May, 2025
२o७९ माघ १६ सोमबार १७:३३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दुर्घटनामा मृत्युपछि राजमार्ग बन्द

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ माघ १६ सोमबार १७:३३:oo

बेदकोट नगरका दुई किशोरकिशोरीले सवारी दुर्घटनाबाट ज्यान गुमाएको महिना दिन नबित्दै फेरि अर्का एक व्यक्तिले ज्यान गुमाएका छन् । गएराति सवारी दुर्घटनामा परी बेदकोट नगरपालिका– १० दैजीका २८ वर्षीय शुकराम रानाले ज्यान गुमाएका हुन्।

बेलौरी–कलुवापुर सडकखण्डअन्तर्गत चाँन्देवको जंगल क्षेत्रमा से ७ प ५३८४ नम्बरको मोटरसाइकललाई ट्रयाक्टरले ठक्कर दिँदा रानाको ज्यान गएको हो। रानाको घटनास्थलमै मृत्यु हुँदा अन्य दुई युवक घाइते भएका छन्।

मृतकका आफन्तले ठक्कर दिने ट्रयाक्टरको पहिचान गरेर चालकलाई कारबाहीको माग गर्दै पूर्व–पश्चिम राजमार्ग बन्द गरेका छन्। दोषीमाथि कारबाही नभए आन्दोलन जारी राख्ने उनीहरूको चेतावनी छ। प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ।