मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
२०७९ माघ १६ सोमबार १४:११:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सरकार सञ्चालन साझा नीति र कार्यक्रमबाटै : शंकर पोखरेल

Read Time : < 1 मिनेट
२०७९ माघ १६ सोमबार १४:११:००

नेकपा एमालेका महासचिव शंकर पोखरेलले सात राजनीतिक दलको साझा नीतिका आधारमा सरकार निर्माण भएको भन्दै सरकार सञ्चालन  पनि साझा नीति र कार्यक्रमबाटै हुने बताएका छन् ।

विराटनगर विमानस्थलमा सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले राष्ट्रपतिको उम्मेदवारमा राष्ट्रिय सहमति कायम गर्ने भन्नु सत्तापक्षका उम्मेदवारका लागि सहमति खोज्नु भन्ने हुने धारणा राखे । ‘राष्ट्रिय सहमति कायम गर्नु भनेको सत्तापक्षका उम्मेदवारका लागि सबैको सहमति खोज्नु हो,’ महासचिव पोखरेलले भने ।

केन्द्र र सातवटै प्रदेशमा सत्तापक्षको बहुमत रहेकाले राष्ट्रपतिमा सत्तापक्षको उम्मेदवार विजयी हुने विश्वास उनले व्यक्त गरे । उनले नेपाली कांग्रेसले प्रतिपक्षमा बसेर राज्यको प्रमुख दाबी गर्न नमिल्नेसमेत प्रस्ट पारेका छन् ।