मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ माघ १५ आइतबार
  • Wednesday, 02 September, 2026
२o७९ माघ १५ आइतबार १५:१४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पोखरामा पनि आत्मदाहको प्रयास, बचाउन गएकी घरबेटी गम्भीर घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ माघ १५ आइतबार १५:१४:oo

पोखरामा एकजनाले आत्मदाहको प्रयास गरेका छन्। पोखरा– १३ काहुँखोलामा डेरा गरी बस्ने एक पुरुषले आज शरीरमा लागो लगाई आत्मदाहको प्रयास गरेका थिए। जल्दै गरेका उनलाई बचाउन गएकी एक महिला पनि घाइते भएकी छिन्।

ती दुवैलाई जलिरहेको अवस्थामा आज दिउँसो उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी सुवास तिमिल्सिनाले जानकारी दिए। 

‘डेरा गरी बस्ने पुरुष जलिरहेको घरबेटीले देखेपछि उद्धार गर्न जाँदा आफू पनि जलेर घाइते हुनुभएको छ,’ उनले भने, ‘अहिले दुवैजनाको गण्डकी अस्पतालमा उपचार भइरहेको छ।’ घटना के कारणले भएको हो भन्नेबारे प्रहरीले अनुसन्धान सुरु गरेको उनले जानकारी दिए।