
काठमाडौंको स्वयम्भूमा ट्यांकरको ठक्करबाट स्कुटरचालकको मृत्यु भएको छ।
काठमाडौं महानगरपालिका– १५ स्वयम्भू चमतीमा प्रदेश ३–०१–००३ क ७५१२ नम्बरको ट्यांकरले बा.८१ प १७८६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक काठमाडौं महानगरपालिका– २४ बस्ने ५५ वर्षीय नरेन्द्रमुनी बज्राचार्यको मृत्यु भएको हो।
दुर्घटनामा परी गम्भीर घाइते भएका बज्राचार्यको महमोहन अस्पताल स्वयम्भूमा उपचारका क्रममा गएराति मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए। ट्यांकचालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रवक्ता भट्टले बताए।