१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख ३० आइतबार ११:१७:oo
Read Time : > 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

कम खर्चमै घरलाई यसरी सजाउनुस् 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार ११:१७:oo
श्रृजन नेपाल इन्टेरियर डिजाइनर इको बिजनेस प्रालि

भित्तामा सुन्दर रङ लगाउने 

भित्ताको रङले घरको सुन्दरता बढाउँछ । यदि तपाईंले सही रङ छनोट गर्नुभयो भने तपाईंको सानो घर पनि आकर्षक र चिटिक्क देखिन्छ । कोठाहरू पनि फराकिलो देखिन्छन् । ठूलो इन्टेरियर डिजाइन भएको घरभन्दा कम देखिँदैन । तपाईंसँग रङ लगाउने बजेट छैन भने वालपेपर टाँस्न सक्नुहुन्छ । अहिले बजारमा विभिन्न डिजाइन र रङका भित्तामा टाँस्ने कम मूल्यका वालपेपरहरू पाइन्छन् । वालपेपरले तपाईंको घरलाई फरक लुक्स दिन सक्छ । 

बेडरुममा र्‍याक 
तपाईंको सुत्ने कोठा सानो छ भने ठाउँअनुसार भित्तामा सानो र्‍याक राख्न सक्नुहुन्छ । यसले तपाईंको कोठालाई अझ राम्रो र व्यवस्थित बनाउन सहयोग पुग्छ । तपाईंले यसमा पुस्तक, मेकअपका सामानलगायतका महत्वपूर्ण सामग्री राख्न सक्नुहुन्छ । बेडरुमलाई अझ व्यवस्थित बनाउन सहयोग गर्छ ।

इन्डोर प्लान्ट 
इन्डोर प्लान्ट घर सजावटका लागि मात्रै नभएर तपाईंको स्वास्थ्यका लागि पनि लाभदायक छ । डाइनिङ रुम, लिभिङ रुम वा बेडरुमको टेबलमा इन्डोर प्लान्ट राख्दा घरमा स्वच्छ हावाको प्रवाह हुन्छ । 

फेन्सी लाइट 
तपाईंले घरमा लाइटको छनोटमा ध्यान पुर्‍याउनुपर्छ । बजारमा विभिन्न किसिमका बत्ती पाइन्छन् । घरको बैठक कोठामा स्ट्रिङ लाइट प्रयोग गर्न सक्नुहुन्छ । यसबाहेक बेडरुममा पनि प्रयोग गर्न सक्नुहुन्छ । भित्तामा राख्नका लागि कम बजेटमा फेन्सी लाइटहरू किन्न सक्नुहुन्छ । यस्ता बत्ती जडान गर्दा घरको वातावरण पनि राम्रो देखिन्छ ।

पुरानो फर्निचर पुनः प्रयोग 
यदि तपाईंको घरमा प्रयोग भएका फर्निचर पुरानो भएको महसुस भयो भने त्यसलाई फ्याँक्ने काम नगर्नुहोस् । पुरानो टेबल, कुर्सी, सोफालगायतलाई मर्मत गरेर फेरि आकर्षक डिजाइन र लुक्स दिन सकिन्छ । सोफाको कपडा परिवर्तन गर्न सकिन्छ, जसले सुन्दरता बढाउँछ । पुरानो बेडको सोफालाई नयाँ बनाउन सकिन्छ । पुरानो कुर्सीलाई रङ लगाएर नयाँ देखाउन सकिन्छ । सिर्जनात्मक रूपमा घरलाई सजावट गर्न सकिन्छ ।

पुराना बक्सलाई टेबलमा रूपान्तरण 
प्रायः घरमा ठूला कार्टुन वा बक्सहरू हुन्छन् । यदि तपाईंको घरमा ठूला बक्स छन् र त्यसको प्रयोग भइरहेका छैनन् भने ती बक्सलाई रङ लगाएर पुनः प्रयोग गर्न सकिन्छ । राम्रो कपडा वा तन्नालाई राम्रो डिजाइन गरेर टेबलको रूपमा प्रयोग गर्न सकिन्छ । त्यसमा बक्समा केही फुलदानी राख्न सक्नुहुन्छ, जसले कोठाको सौन्दर्य अझ बढाउँछ ।

ad
ad