मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ माघ १५ आइतबार ०६:४८:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

वरिष्ठ नेत्र चिकित्सक रुइत सम्मानित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ माघ १५ आइतबार ०६:४८:००

वरिष्ठ नेत्र चिकित्सक सन्दुक रुइतलाई अभिनन्दन गरिएको छ । डल्लु आवास स्थानीय समितिले अन्तर्राष्ट्रिय पुरस्कार विजेता डा. रुइतलाई कदरपत्रसहित अभिनन्दन गरेको हो । एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले शनिबार उनलाई सम्मान गरे । उनले स्वास्थ्य क्षेत्रमा रुइतले गरेको मिहिनेत र क्रियाशीलताका कारण उनले प्राप्त गरेको पुरस्कारले सम्पूर्ण नेपालीको गौरव बढाएको बताए । 

स्वदेश तथा विदेशमा रहेका बिरामीलाई उपचार गरेर सामाजिक सेवामा डा. रुइतले देखाएको कर्मबाट सबैले प्रेरणा लिनुपर्ने बताउँदै उनले सरल स्वभावका रुइतको सुखमय जीवन र थप प्रगतिको कामना गरे । 

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले अन्धकारमा छटपटिएका बिरामीलाई ज्योति प्रदान गरेका डा. रुइतले मुलुकलाई अन्तर्राष्ट्रिय तहमा परिचित गराएको बताए । काठमाडौं महानगरपालिका–१५ का वडाध्यक्ष ईश्वरमान डंगोलले रुइतको सामाजिक विकास तथा मानवीय सेवाको भावना अतुलनीय रहेको बताए । रुइतले हालै बहराइनबाट दिइने १३ लाख अमेरिकी डलरबराबरको पुरस्कार इशा अवार्ड प्राप्त गरेका छन् । अन्तर्राष्ट्रिय तहमा ठूलो पुरस्कार प्राप्त गर्ने रुइत पहिलो नेपाली हुन् ।