१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ १४ शनिबार
  • Friday, 09 May, 2025
२o७९ माघ १४ शनिबार १६:o८:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

भारतमा दुई सैनिक विमान दुर्घटना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ माघ १४ शनिबार १६:o८:oo

भारतीय वायु सेनाका दुईवटा विमान एकआपसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। मध्यप्रदेश राज्यको ग्वालियरमा आज बिहान भएको उक्त दुर्घटनामा बाँचेका एकको अवस्था गम्भीर छ। 

वायु सेनाका अनुसार एउटा विमानमा एकजना मात्र चालक थिए भने अर्कोमा दुईजना सवार थिए। एउटा विमानका भग्नावशेष राजस्थानको भरतपुरमा र अर्को विमानका अवशेष मध्यप्रदेशको मोरेनामा फेला परेका मोरेनाका प्रहरी उपरीक्षकले बताए। 

दुर्घटनाको कारण पत्ता लगाउन जाँचबुझ समिति गठन गरिएको छ। दुवै विमान अभ्यास उडानमा थिए। गत अक्टोबरमा अरुणाचल प्रदेशमा सैनिक हेलिकोप्टर दुर्घटना हुँदा पाँचजनाको ज्यान गएको थियो। 

त्यसअघि पनि सोही राज्यमा हेलिकोप्टर दुर्घटना हुँदा त्यसका चालकको ज्यान गएको थियो। सन् २०२१ को डिसेम्बर भारतका प्रधानसेनापति विपिन रावत सवार हेलिकोप्टर दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको थियो।