मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ माघ १४ शनिबार
  • Wednesday, 02 September, 2026
नयाँ पत्रिका विराटनगर
२o७९ माघ १४ शनिबार १४:२८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

'सर्वोच्चको फैसला कानुनी राज भएकाे उदाहरण'

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
नयाँ पत्रिका
२o७९ माघ १४ शनिबार १४:२८:oo

कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले शुक्रबार सर्वोच्च अदालतको एक फैसलाले नेपालमा कानुनी राजको उदाहरण प्रस्तुत गरेको धारणा राखेका छन्। 

नेपाल प्रेस युनियन प्रदेश नं १ समितिको प्रथम अधिवेशनको आज यहाँ उद्घाटन गर्दै नेता कोइरालाले राष्ट्रपतिको निर्वाचन आगामी फागुन २८ गतेभित्र हुुनुपर्ने धाराणा राखेका हुन्। 

संविधानभन्दा माथि राष्ट्रपति हुन नसक्ने भएकाले उहाँले पनि संविधानभित्र रहेर नै काम गर्नुपर्ने नेता कोइरालाको तर्क थियो। ‘राजनीतिमा सरकार फेरबदल भइरहन्छन्, ठूलो पार्टी कांग्रेसको नेतृत्वमा पनि कुनै दिन सरकार बत्र सक्ने सम्भावना छ,’ उनले भने। 

नेता कोइरालाले कांग्रेस र देशको राजनीति कठिन अवस्थामा पुगेको उल्लेख गर्दै मुलुक आर्थिक रूपमा कमजोर भएको बताए। सातवटै प्रदेशमा मन्त्रालयको संख्या घटाउने निर्णय सराहनीय भएको भन्दै उनले यसबारे संघीय सरकारको पनि ध्यान जानुपर्ने धारणा राखे। 

‘कर्मचारीलाई तलब दिन र सामाजिक सुरक्षाभत्ता दिन पनि सरकारको ढुकुटी बलियो छैन। सरकारले नियमित खर्च घटाउनुपर्छ र राजस्व बढाउनुपर्छ,’ उनले भने। 

राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझीले सधैँ प्राप्तिका लागि राजनीति गर्नुभन्दा विचार, उद्देश्य र संगठनका लागि गर्नुपर्नेमा जोड दिए।