१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ १३ शुक्रबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ माघ १३ शुक्रबार १६:४९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन २३ माघमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ माघ १३ शुक्रबार १६:४९:oo

राष्ट्रिय सभामा रिक्त रहेको उपाध्यक्ष पदका लागि माघ २३ गते निर्वाचन हुने भएको छ। 

शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभा उपाध्यक्ष पदका लागि निर्वाचन गर्न ०७९ माघ २३ गते सोमबारका लागि मिति तोकेका हुन्। 

उनले निर्वाचनसम्बन्धी कार्यक्रमको सूचना प्रकाशन गर्नका लागि संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमलाई निर्देशनसमेत दिए।

बैठकले नेपाल विश्वविद्यालय विधेयक, २०७९ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ।
राष्ट्रिय सभाको आगामी बैठक माघ २३ गते सोमबार बिहान ११ः५९ मा बस्ने गरी बोलाइएको छ।