मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ माघ १३ शुक्रबार ०६:४१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

महानगरका २४ देखि ३२ वडामा पहिलो चरणमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन हुँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ माघ १३ शुक्रबार ०६:४१:००

काठमाडौं महानगरका नौवटा वडाबाट राष्ट्रिय परिचयपत्रको विवरण संकलन हुने भएको छ । वडा नम्बर २४ देखि ३२ बाट पहिलो चरणमा विवरण संकलन हुन लागेको हो । यसको व्यवस्थापकीय तयारीका लागि बुधबार प्रशासन विभागले वडासचिवहरूसँग तयारी बैठक गरेको छ ।

अहिलेसम्म राष्ट्रिय सभागृहबाट विवरण संकलन हुँदै आएको थियो । नागरिकको पहिचानलाई डिजिटल पहिचान गर्ने, व्यक्तिगत र जैविक पहिचानलाई एकीकृत गर्ने राष्ट्रिय परिचयपत्र बनाउनुको अवधारणा हो । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन ०७६, कार्यविधि ०७७ परिचयपत्रका कानुनी आधार हुन् । यसमा जनसांख्यिक र जैविक विवरण समावेश हुन्छ । जनसांख्यिक विवरणमा नाम थर, जन्ममिति, लिंग, राष्ट्रियता, स्थायी–अस्थायी ठेगाना, बुबाआमा, पतिपत्नी, बाजेबज्यैको नाम थर, नागरिकतासम्बन्धी सूचना पर्छन् । 

यसैगरी, जैविक विवरणमा दश औँलाको छाप, आँखाको रङ, अनुहारको फोटोलगायत विवरण पर्छन् । यस प्रकारका विवरणबाट नागरिकको वास्तविक पहिचान प्रमाणीकरण हुन्छ । सार्वजनिक सेवाप्रवाह, शान्तिसुरक्षा, सामाजिक सुरक्षा, कर प्रणाली, राहदानीजस्ता सेवा यससँग आबद्ध हुने भएकाले सेवा वितरण र व्यवस्थापनमा सहज हुन्छ । हरेक व्यक्तिलाई १० अंकको छुट्टाछुट्टै परिचयपत्र दिइन्छ ।