मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ माघ १२ बिहीबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७९ माघ १२ बिहीबार २o:२६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सूचनाको हक उल्लंघन गर्ने प्रमुख प्रशासकीय अधिकृत दण्डित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ माघ १२ बिहीबार २o:२६:oo

राष्ट्रिय सूचना आयोगले सूचनाको हकसम्बन्धी ऐन उल्लंघन गरेको अभियोगमा सिराहा नगरपालिका सिराहाका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवलाई रु १५ हजार जरिवानासहित दण्डित गरेको छ।

सूचनाको हकसम्बन्धी ऐनमा भएको व्यवस्थाबमोजिम परशुराम साहले प्रमुख यादवसमक्ष सूचना माग गर्दा सूचना उपलब्ध नगराएबापत सिराहा नपा–७ निवासी प्रमुख प्रशासकीय अधिकृत यादव दण्डित भएका हुन्। 

आयोगको २०७९ माघ १२ गते बसेको इजलासले सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३२ को उपदफा (१) बमोजिम सूचना नदिएबापत अधिकृत यादवलाई रु १५ हजार जरिवानासहित कारबाही गरेको हो। 

सूचनाको हकसम्बन्धी ऐनबमोजिम माग गरिएबमोजिमको सूचना उपलब्ध नगराउने सार्वजनिक निकायका प्रमुख कारबाहीको भागिदार हुने स्पष्ट गर्दै पटक–पटक चेतावनीसहितको आदेश हुँदा पनि सूचना नदिई कानुन उल्लंघन गरेकाले कारबाही गरेको विज्ञप्तिमार्फत आयोगले स्पष्ट गरेको छ।

लोकतान्त्रिक शासन व्यवस्थामा सर्वसाधारण नागरिकलाई सार्वजनिक निकायबाट भए/गरेका कामका बारेमा थाहा पाउने, जान्न पाउने अधिकार हुने, सार्वजनिक निकायलाई पारदर्शी हुन, कानुन र नागरिकप्रति जवाफदेही तथा उत्तरदायी बनाउन पनि सघाउ पुग्ने, सुशासन कायम गर्न मद्दत पुग्ने, सर्वसाधारण नागरिकले कुनै सार्वजनिक निकायमा सूचना माग गर्दा सम्मानपूर्वक सूचना उपलब्ध गराउनु कानुनी व्यवस्था सुनिश्चित गरिएको सन्दर्भमा सूचनाको हकसम्बन्धी ऐनमा भएको व्यवस्था उल्लंघन गर्ने जो–कोही कानुनबमोजिम दण्डित गरिने आयोगका सूचना आयुक्त रत्नप्रसाद मैनालीद्वारा आज जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।