१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ ११ बुधबार
  • Sunday, 11 May, 2025
संजित परियार काठमाडौं
२o७९ माघ ११ बुधबार १७:४७:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

सरकारलाई नागरिकको प्रश्न– यो देश हो कि वधशाला?

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
नयाँ पत्रिका
२o७९ माघ ११ बुधबार १७:४७:oo

संघीय संसद्अगाडि आत्मदाह गर्ने इलामका प्रेमप्रसाद आचार्यको माग पूरा गर्न दबाब दिँदै नागरिकले सरकारविरुद्ध प्रदर्शन गरेका छन्। स्व. आचार्यका २५बुँदे माग पूरा गर्न माग गर्दै बुधबार माइतीघर मण्डला र बानेश्वर क्षेत्रमा विरोध प्रदर्शन भएको हो।

प्रदर्शनकारीले ‘यो देश हो कि वधशाला ?’ भन्दै सरकारलाई प्रश्न गरेका छन्। प्रदर्शनमा ‘यो आत्महत्या होइन हत्या हो’ भन्ने नारा लेखिएका पम्प्लेटहरूमा युवाहरूका आक्रोश देखिन्थ्यो।

मंगलबार आफूमाथि पेट्रोल छर्किएर आगो लगाएका इलामका ३७ वर्षीय आचार्यको बुधबार बिहान मृत्यु भएपछि उनको माग सम्बोधन गरी न्याय दिन माग गर्दै नागरिक सडकमा उत्रिएका छन्।

विभिन्न व्यवसाय गर्न खोज्दा राज्य व्यवस्था र नीति नियम बाधक बनी आफूले काम गर्न नसकेको र काम गरेको ठाउँबाट पनि पाउनुपर्ने रकम नपाएका कारण ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको भन्दै सामाजिक सञ्जालमा मृतक आचार्यले मृत्युअघि लामो ‘सुसाइड नोट’ लेखेका थिए।

युवाहरूले ‘अर्को जल्दो शरीर मेरो नहोस्’ भन्दै सरकारलाई खबरदारी गराएका छन्। उनीहरूले मृतक आचार्यको माग पूरा गरी उनलाई न्याय दिन सरकारलाई दबाब दिन स्वतस्फूर्त विरोध प्रदर्शन गरेका हुन्।