१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
तस्बिर : संजित परियार/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:३५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रेम आचार्यको न्यायका लागि माइतीघरमा विरोध प्रदर्शन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:३५:oo

संघीय संसद्अगाडि आत्मदाह गर्ने इलामका प्रेमप्रसाद आचार्यको माग पूरा गर्न दबाब दिँदै सरकारविरुद्ध प्रदर्शन भएको छ । स्व. आचार्यको २५बुँदे माग पूरा गर्न माग गर्दै बुधबार माइतीघर मण्डला र बानेश्वर क्षेत्रमा विरोध प्रदर्शन भएको हो ।

मंगलबार आफूमाथि पेट्रोल छर्किएर आगो लगाएका इलामका ३७ वर्षीय आचार्यको बुधबार बिहान मृत्यु भएपछि उनको माग सम्बोधन गरी न्याय दिन युवाहरूले विरोध प्रदर्शन गरेका हुन् । विभिन्न व्यवसाय गर्न खोज्दा राज्य व्यवस्था र नीतिनियम बाधक बनी आफूले काम गर्न नसकेको र काम गरेको ठाउँबाट पनि पाउनुपर्ने रकम नपाएका कारण ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको भन्दै सामाजिक सञ्जालमा मृतक आचार्यले मृत्युअघि लामो ‘सुसाइड नोट’ लेखेका थिए ।

प्रदर्शनमा सहाभागीले ‘यो देश हो कि बधशाला ?’ भन्दै सरकारलाई प्रश्न गरेका छन् । प्रदर्शनकारीहरूले ‘अर्काे जल्दो शरीर मेरो नहोस्’, ‘उद्यमशील नेपाल नारा मात्रै हो सरकार ?’, ‘प्रेमप्रसाद आचार्यको परिवारलाई न्याय दे’, ‘देशमै केही गर्छु भन्नु अपराध हो सरकार ?’, ‘यो आत्महत्या होइन हत्या हो’, ‘ठूला व्यापारी कसको आश्रयमा ?’ जस्ता नाराहरू लेखिएका ब्यानर र पम्प्लेट प्रदर्शन गरेका थिए ।