मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ माघ १८ बुधबार
  • Wednesday, 01 February, 2023
२०७९ माघ ११ बुधबार १०:३०:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

अधिक कार्बनले घटाउँदै त छैन भोजनको पौष्टिकता ?

पर्यावरणमा धेरै कार्बन उत्सर्जन गर्नाले रूखबिरुवा बढ्न चाहिने पौष्टिक तŒव सोस्न कठिन भइरहेको छ

Read Time : > 1 मिनेट
२०७९ माघ ११ बुधबार १०:३०:००

प्रकृतिमा आश्रित बिरुवा बढ्न कार्बनडाइअक्साइड चाहिन्छ । तर, लाग्छ हिजोआज बिरुवाहरूले पनि आवश्यकताभन्दा बढी कार्बनडाइअक्साइड प्रयोग गरिरहेका छन् । पर्यावरणमा धेरै कार्बन उत्सर्जन गर्ने हाम्रै बानीका कारण रूख–बिरुवा बढ्न चाहिने महत्वपूर्ण पौष्टिक तत्व सोस्न कठिन भइरहेको छ । यही तत्वका लागि हामी बिरुवामा भर गर्छौं ।

वैज्ञानिकहरूले एक्सपेरिमेन्टल र नेचुरल डेटालाई लिएर गरिएको अनुसन्धानपछि यो निष्कर्ष निकालेका छन् । फ्रेन्च नेसनल सेन्टर फर साइन्टिफिक रिसर्चको जीव वैज्ञानिक एन्टोनी मार्टिनका अनुसार कार्बनडाइअक्साइडको उच्च मात्राले चामल र गहुँजस्ता विश्वमा उपयोग हुने मुख्य बालीको पोषक संरचना नकारात्मक रूपले प्रभावित हुन्छ । 

यसको फुड क्वालिटी र ग्लोबल फुड सेक्युरिटीमा समेत नराम्रो असर पर्छ । प्रकाश संश्लेषणमा कार्बनडाइअक्साइडको प्रयोगले बिरुवामा चिनीको आपूर्ति हुन्छ । धेरैजसो बिरुवा माटोदेखि नाइट्रोजन, फोस्फोरस र आइरनसहित अन्य पोषक तŒव एकत्रित गर्नका लागि आफ्ना जराको प्रयोग गर्छन् । 

फ्रान्सका जीव वैज्ञानिक एलेन गोजोनका अनुसार विभिन्न प्रतिवेदनले २१औँ शताब्दीको अन्त्यमा कार्बनडाइअक्साइडको अपेक्षित मात्रा अधिकांश बिरुवामा नाइट्रोजनको कम मात्राको कारण बन्नेछ । यसले बिरुवाको उत्पादनमा प्रोटिनको मात्रा प्रभावित हुनेछ ।अनुसन्धानकर्ताले आजभन्दा २० वर्षअघि एक्सपेरिमेन्ट गर्दा यो परिणाम देखिएको थियो । तर, अब यो प्राकृतिक वातावरणमा पनि स्थापित भइसकेको छ । विभिन्न वनजंगलमाथि गरिएको दीर्घकालीन अध्ययनले एक शताब्दी पहिलेका बिरुवामा खनिजको मात्रा आजको भन्दा निकै बढी रहेको देखाएको थियो । 

यस्तै, प्राकृतिक रूपमा उच्च वायुमण्डलीय कार्बनडाइअक्साइडयुक्त ठाउँमा उम्रिने बिरुवामा नाइट्रोजनको मात्रा वरिपरिको कम कार्बनडाइअक्साइड मात्रा रहेको ठाउँका बिरुवाको तुलनामा कम हो । प्रोटिन र आइरन मानव पोषणका लागि दुई महत्वपूर्ण पोषक तत्व कार्बनडाइअक्साइडको उच्च मात्राद्वारा प्रभावित हुन सक्छ । त्यसमा पहिलो त नाइट्रोजनबाट बनेको प्रोटिन नै हो ।

२१औँ शताब्दीको अन्त्यमा कार्बनडाइअक्साइडको अपेक्षित मात्रा अधिकांश बिरुवामा नाइट्रोजनको कम मात्राको कारण बन्नेछ । यसले बिरुवाको उत्पादनमा प्रोटिनको मात्रा प्रभावित हुनेछ ।
 

विकासशील देशमा यो गम्भीर विषय बन्न सक्छ । किनकि, ती देशमा कैयौँ आहार प्रोटिनयुक्त हुँदैनन् ।कार्बनडाइअक्साइडको उच्च मात्रामा उमारिएका बिरुवामा २० देखि ३० प्रतिशत कम प्रोटिन हुन सक्छ । अर्को पोषक तत्व हो, आइरन । पहिल्यैदेखि विश्वका करिब दुई अर्ब मानिस आइरनको कमीबाट गुज्रिरहेका छन् । केही वैज्ञानिकका अनुसार यदि कार्बनडाइअक्साइड बढ्दा पोषक तत्वको कमी हुन्छ भने यो एउटै मात्र कारणले भइरहेको छैन । यसमा अरू पनि केही तत्व मिश्रित छ । नाइट्रोजन कमी हुनुमा बढी कार्बनडाइअक्साइडले बिरुवाको न्युट्रिएन्ट ट्रान्सपोर्ट सिस्टमको विज्ञानमा हस्तक्षेप गरेको अनुमान गरिएको छ ।

अनुसन्धानकर्ताले यसबारे तत्काल परीक्षण गर्नुपर्ने सुझाव दिएका छन् । साथै, कार्बनडाइअक्साइड पर्यावरणीय परिवर्तन भएको र बिरुवाले कम्तीमा ३० लाख वर्षसम्म यो अवस्था सामना गर्नुनपरेको उनीहरूको भनाइ छ । के गर्ने त ? हालसालै गरिएको नयाँ अध्ययनले शुभ समाचारको संकेत दिँदैन । बिरुवाको विकास नै कार्बनडाइअक्साइड कम गर्ने सबैभन्दा उत्तम विकल्प हो । वैज्ञानिकले यो शताब्दीमा पोषक तत्वको सीमाले कार्बनलाई कम गर्ने वैश्विक वनस्पतिको क्षमतालाई सुस्त बनाउने चेतावनी पनि दिएका छन् ।

बिरुवाका विभिन्न प्रकार र तिनीहरूको न्युट्रिएन्टको खराब मात्राबीच केही भिन्नता प्रतीत हुन्छ । वंशानुगत उपयोगले यो समस्यालाई कम गर्न सहयोग पुग्ने विश्वास वैज्ञानिकहरूको छ । यस अध्ययनको मुख्य विषय भनेको कार्बनडाइअक्साइडको नकारात्मक प्रभावको कारण बुझेर बालीको पोषण गुणवत्ता सुरक्षित राख्दै यसबाट बाली उत्पादन बढाउन र जलवायु परिवर्तन कम गर्नमा पनि सहयोग मिल्नेछ ।