१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ माघ ११ बुधबार ०७:१६:००
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
२०७९ माघ ११ बुधबार ०७:१६:००

हरेक वर्ष पुँजीगत खर्च किन निकै न्यून हुने गर्छ ?  
सार्वजनिक खरिद प्रक्रिया या ठेक्का सम्झौता समयमै गर्न नसक्नु, योजना नपुग्नु तथा निर्णय क्षमतामा कमजोरी देखिनु पुँजीगत खर्च कम हुनुका मुख्य कारण हुन् । त्यसैगरी धेरै आयोजनामा प्रगति नै हुन सक्दैन र प्रगति भएका आयोजनालाई पनि समयमै भुक्तानी दिइन्न यसले गर्दा पनि पुँजीगत खर्च निकै कम हुने गर्छ ।

यसले समग्र अर्थतन्त्र र मुलुकको विकास  निर्माणमा कस्तो प्रभाव पार्छ ?
यसले देशको विकास निर्माणमा मात्र नभई समग्र अर्थतन्त्रमै नकारात्मक प्रभाव पार्छ । आयोजनाहरूमार्फत चलायमान हुनुपर्ने पुँजी प्रवाह हुन सक्दैन । यसले गर्दा उद्योगधन्दा सञ्चालनमा समस्या आउँछ र यसले समग्र रोजगारीमै पनि नकारात्मक प्रभाव पार्छ ।  

यस्तो प्रवृत्तिमा सुधार ल्याउन के गर्नुपर्छ ?
यस्तो प्रवृत्तिमा तत्कालै सुधार ल्याउन सकिन्छ । कुनै पनि विकास आयोजनालाई गति दिन तत्कालै महत्वपूर्ण निर्णयसमेत लिनसक्ने गरी शक्तिशाली कार्यदल बनाउन सकिन्छ । आयोजनालाई वर्गीकरण गर्न पनि सकिन्छ । यसलाई आवश्यकता, सम्पन्न हुन सक्ने सम्भावना र कम आवश्यक या प्रगति हुन नसक्ने लगायत आधारमा वर्गीकरण गर्नुपर्छ । संघ, प्रदेश र स्थानीय तहलाई अनुकूल हुनेगरी नयाँ सार्वजनिक खरिद ऐन ल्याउनुपर्छ । साथै, निर्माण व्यवसाय ऐन २०५५ मा सामयिक संशोधन गरिनुपर्छ । राजनीतिक र प्रशासनिक निर्णय प्रक्रियामा ढिलासुस्ती हुनु हुँदैन ।