Skip This
फिक्सिङ प्रकरण : कार्यदलले आज प्रतिवेदन बुझाउने
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ ११ बुधबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ माघ ११ बुधबार o६:२७:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

फिक्सिङ प्रकरण : कार्यदलले आज प्रतिवेदन बुझाउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ माघ ११ बुधबार o६:२७:oo

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले गठन गरेको छानबिन कार्यदलले बुधबार सदस्यसचिव टंकलाल घिसिङलाई प्रतिवेदन बुझाउँदै छ । राखेपले दिएको १५ दिनको निर्देशन बुधबार समाप्त हुँदै छ । कार्यदलका संयोजक एकेन्द्र कुँवरले सोमबारसम्म प्रतिवेदनको अन्तिम खाकासमेत तयार भइसकेको जानकारी नयाँ पत्रिकालाई दिएका छन् । ‘हामीले सोमबार सबै प्रक्रिया पूरा गरेका छौँ, बुधबार कार्यदलले प्रतिवेदन बुझाउनेछ,’ संयोजक कुँवरले भने । 

गत महिना नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरेको नेपाल टी–२० क्रिकेट लिगमा स्पट फिक्सिङ र म्याच फिक्सिङ सार्वजनिक भएपछि राखेपले घटनाको छानबिन गर्न कुँवरको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो । कार्यदलले गठन भएको १२औँ दिनमा पूर्वखेलाडी, पूर्वकप्तान, राष्ट्रिय टोलीका कप्तान, प्रशिक्षक, क्यानका पदाधिकारी र केमेन्टेटरसँग बयान लिएको थियो । सबैसँग बयान लिएपछि कार्यदलले प्रतिवेदन लेखनतर्फ अग्रसर भएको कुँवरले 
बताएका छन् । 

‘हामीले विभिन्न चरणमा बयान लियौँ, सबैसँग बयान सकेपछि प्रतिवेदन तयार पार्‍यौँ,’ उनले भने, ‘हामीले तयार पारेको प्रतिवेदन ६० पृष्ठको भएको छ ।’ राखेपले नेपाल टी–२० लिगमा गलत कार्य गर्नेलाई संरक्षण नगर्ने उनले बताए । ‘प्रतिवेदन तथा बयानमा देखिएका सम्पूर्ण घटना सार्वजनिक हुनेछन्, लिगमा गलत कार्य गर्नेलाई संरक्षण गरिँदैन,’ उनले भने, ‘हामी अन्तिम तयारीमा पुगेका छौँ ।’ 

उनका अनुसार सूक्ष्म रूपले अध्ययन गरी कार्यदलले प्रतिवेदन तयार पारेको छ । ‘हामीले स–साना पक्ष केलाएर प्रतिवेदन तयार पारेका छौँ, त्यसमा धेरै कुरा आएका छन्,’ उनले भने, ‘हामी प्रतियोगितामा गलत कार्य गर्नेलाई लुकाउने पक्षमा छैनौँ, बयानका क्रममा देखिएका सम्पूर्ण घटना सार्वजनिक गर्नेछौँ ।’ क्यान आफैँले पहिलोपटक आयोजना गरेको नेपाल टी–२० लिग २७ पुसमा सकिएको थियो । यसअघि राखेपले गठन गरेको कार्यदलले क्यान र भारतीय कम्पनीबीचको सम्झौता राखेपको ऐनविपरीत भएको जनाएको थियो ।