१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
Invalid date format २o:५४:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

५ फागुनदेखि दोस्रो भक्तपुर कप खुला फुटबल प्रतियोगिता हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २o:५४:oo

फागुनको पहिलो साता दोस्रो भक्तपुर कप खुला फुटबल प्रतियोगिता हुने भएको छ। ५ फागुनदेखि १३ गतेसम्म प्रतियोगिता हुने आयोजक भक्तपुर युवा टिमले पत्रकार सम्मेलन गर्दै जानकारी गराएको हो। 

पहिलो संस्करणको सफलतासँगै भक्तपुर युवा टिमले प्रतियोगिताको दोस्रो संस्करण आयोजना गर्ने जानकारी गराएको छ। प्रतियोगिताका खेल महेश्वरी खेल मैदान भक्तपुरमा सञ्चालन गरिनेछ। प्रतियोगिताको विजेताले १ लाख २५ हजार र उपविजेताले ६० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

भक्तपुर युवा टिमका अध्यक्ष केशव त्वानाबासुले भक्तपुरमा फुटबलमय वातावरण सिर्जना गर्ने उद्देश्यअनुरूप दोस्रो संस्करणको प्रतियोगिता गर्ने निष्कर्षमा आयोजक टिम पुगेको बताए। उनले प्रतियोगितालाई सफल बनाउन गत वर्षजस्तै सबै क्षेत्रबाट सहयोगको अपेक्षा रहेको उल्लेख गरे।

सम्मेलनमा भक्तपुर खेलकुद विकास समितिका अध्यक्ष दीपक थापा, आयोजक टिमका संस्थापक एवं सल्लाहकार विश्वराम कवां, सचिव रामेश्वर मचामसीलगायतले प्रतियोगिताका विविध पक्षमा चर्चा गरे।

भक्तपुरको खेलकुद र सामाजिक कार्यलाई प्रभावकारी बनाउन 'मित्रता अनुशासन र स्वास्थको लागि खेलकुद' भन्ने नाराका साथ भक्तपुर युवा टिम २०५० सालमा गठन भएको थियो। टिमले गत वर्ष २०७८ फागुन ६ देखि १४ सम्म खुला भक्तपुर कप फुटबल प्रतियोगिताको आयोजना गरेको थियो।