१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ १० मंगलबार
  • Wednesday, 02 July, 2025
२o७९ माघ १० मंगलबार १४:४७:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

मुगुमा वर्षकै पहिलो हिमपात, कृषक हर्षित    

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ माघ १० मंगलबार १४:४७:oo

हिमाली जिल्ला मुगुलगायत कर्णालीका जिल्लामा वर्षासँगै हिमपात भएको छ। विगतका वर्षहरूमा मुगुलगायत कर्णालीका जिल्लामा मंसिर पुसमै हिमपात हुने गर्थ्याे । यस वर्ष भने माघको दोस्रो सातामा मात्रै वर्षकै पहिलो हिमपात भएको छ।

मंगलबावार रातिदेखि लगातार हिमपात भएपछि मुगुको जनजीवन प्रभावित भएको छभने कृषकमा खुसियाली छाएको छ।

लगातारको हिमपातले मुगु जिल्लाको पूर्वी मुगम कार्मारोङ गाउँपालिकाको मुगु, डोल्फु, चितै, छायानाथ क्षेत्र, किम्री, ताखा, खारी, दाउरा, सेरोग, पुलु, पुअ, रिउस, मह, मांग्री, पापु, छाइल, चिमातलगायत गाउँबस्तीमा लगातार हिमपात भएको छ। 

त्यस्तै, खत्याड गाउँपालिकाको खमाले, सेरी, निगालीबोट, जम्फै, साटबाडा, जाम, डाडुपाटा, कवा, चाकपाडे, लमेरा, कोटिल्ला, भागोटी, जिउका, गम्था, खेस्मालीका, लाम्रु, थारा, जामिर,नखर्जीलगायत ठाउँमा हिमपात भएको छ। 

सोरु गाउँपालिकाको, सोरुकोट, धैना, कालै, रुम र छायानाथ रारा नगरपालिकाको रारा, ताल्चा विमानस्थल, मुर्मा, बाम शोभा, लिउडी मुन्दु, कोटिल्ला, झ्यारी, रोवा, सोभा, घट्टेलेख, झाकोट, तललेखलगायतका स्थानमा लगातार हिमपात भइरहेको छ। 

हिमपातको कारण नेपालगन्ज सुर्खेतबाट मुगु आउने हवाई यातायात र सडकमा चल्ने सवारीसाधनहरू रोकिएका छन्। 

रारा घुम्न आउर्ने आन्तरिक तथा बाह्य पर्यटकलाई पनि निकै समस्यामा परेका छन्। अघिल्लो हिउँदमा पुस पहिलो साताबाट हिमपात भए पनि यो वर्ष एक महिनापछि हिमपात सुरु भएको छ। 

हिमपातसँगैको चिसोले बालबालिका, वृद्धवृद्धा र काममा निस्कने व्यक्ति बढी प्रभावित भएका छन्। चिसोले गर्दा भेडाबाख्रासहित अन्य पशुचौपायालाई समेत समस्या भएकोे सोरु गाउँपालिकाका पदमबहादुर शाहीले बताए।  

बाक्लो हिमपातले शैक्षिक संस्था, सरकारी कार्यालयको कामकाज प्रभावित भएका छन्। हिमपातले मुगु जिल्लाको एक मात्र हवाई सेवा ताल्चा विमानस्थल पनि बन्द भएको छ। 

हिमपातले हिउँदेबालीको उत्पादमा राम्रो हुनेमा कृषक आशावादी छन्। विशेषगरी अहिले खेतबारीमा लगाएको जौ, गहुँ बाली उम्रिने समय भएको र यही वेला हिमपात र पानी पर्दा खेतीपातीका लागि राम्रो हुने खत्याम गाउँपालिका– ९ का कृषक ललिजंग भण्डारीले जनाए।

 माघ महिनाको वर्षा र हिमपातले वर्षा खेतीपाती र बालीमा राम्रो हुने उनको भनाइ छ। सुक्खा जमिनमा छरिएको जौ, गहुँ राम्रैसँग उम्रिने, विशेषगरी उम्रेको बाली नष्ट गर्ने फट्याङ्ग्रालगायतका किरा मर्ने र हिउँदे बाली तथा तरकारीको उत्पादनमा पनि वद्धि हुने कृषको भनाइ छ।