१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:१९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संविधान जोगाउन कांग्रेस र कम्युनिस्ट मिल्नुकाे विकल्प छैन : रामचन्द्र पौडेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:१९:oo

प्रमुख प्रतिपक्ष दल कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सबै दललाई एकताबद्ध भएर अघि बढन आग्रह गरेका छन्।

राष्ट्रलाई बचाउन सबै राजनीतिक दलले एकताबद्ध भएर अघि बढ्नुपर्नेे वेला आएको वरिष्ठ नेता पौडेलको भनाइ थियो।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले मुलुकमा निराशाको कालो बादल मडारिएको उल्लेख गर्दै त्यसलाई फटाउन पनि दलहरू एक ठाउँमा उभिएर अघि बढ्नुपर्ने तर्क गरे। 

वरिष्ठ नेता पौडेलले सत्ता राजनीतिको दबदबाले निष्ठाको राजनीति किनारामा पर्दै गएको भन्दै चिन्तासमेत व्यक्त गरे।  उनले वर्तमान संविधानमाथि देशभित्र र बाहिरबाट समेत प्रहार भइरहेको भन्दै त्यसलाई जोगाउन पनि कांग्रेस र कम्युनिष्टस्ट दुवै शक्तिले मिलेर अघि बढ्नुपर्ने बताए। 

उनले भने, ‘यो संविधान ल्याउन देशभित्र र बाहिर सबैबाट षड्यन्त्र भइरहेको छ । यसलाई बचाउनका लागि सबै दलहरू एक ठाउँमा हुने कि नहुने ? यसलाई जोगाउन एक ठाउँमा हुने कि नहुने ? कांग्रेस र कम्युनिस्ट एक ठाउँमा मिल्ने कि नमिल्ने ? यी दुईटा ल्याएको यो व्यवस्था हो । त्यसकारण यतातिर पनि हामी गम्भीर हुन जरुरी छ।’

वरिष्ठ नेता पौडेलले रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा लगाई मुलुकको समृद्धिमा योगदान दिने काममा ढिलाइ गर्न  नहुने पनि जोड दिए। राष्ट्र निर्माणका लागि पनि हरेक लगानी उत्पादनमूलक क्षेत्रमा लगाउनुपर्ने उनले बताए।