मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ माघ १० मंगलबार ०८:१०:००
Read Time : < 1 मिनेट
प्रेरक प्रसंग प्रिन्ट संस्करण

रोमवासीको आत्मविश्वास

Read Time : < 1 मिनेट
२०७९ माघ १० मंगलबार ०८:१०:००

कुनै समय सम्पूर्ण युरोप एथेन्स सेनाको दबदबाबाट सन्त्रस्त थियो । सबैले एथेन्स सेनालाई अजेय सम्झिन्थे । एथेन्स सेना र शासकको धाकधम्कीले सबै युरोपेली देश त्रसित रहन्थे । एथेन्स सेनाले जहाँ–जहाँ आक्रमण गथ्र्यो, त्यहाँ–त्यहाँ उनीहरूको विजय सुनिश्चित नै मानिन्थ्यो । अधिकांश मुलुकले एथेन्स सेनाको आक्रमणसँगै हिम्मत गुमाएर आफ्नो हार स्विकार्थे । 

त्यतिखेर रोमका सेनापति सिजर थिए । उनी एथेन्सको विजय अभियान र सबैको पराजित मानसिकताका कारण हैरान थिए । एथेन्ससित उच्च आत्माभिमान र आत्मबल थियो भने बाँकी विश्वसित कमजोर आत्मबल थियो । जसका कारण उनीहरू सबैले एथेन्सलाई अजेय र आफूलाई अत्यन्त दुर्बल ठान्थे । जबसम्म रोमवासीको यस्तो सोचमा परिवर्तन ल्याएर उनीहरूमा उत्साह भर्न सकिन्न, तबसम्म एथेन्स सेनामाथि विजय सम्भव छैन भन्ने सेनापति सिजरले राम्ररी बुझेका थिए । 

एक रात रोमका सेनापति सिजरले देशभरका हरेक नागरिकको घरको भित्ताभित्तामा लेखाए– एथेन्स सेना तबसम्म अजेय छ, जबसम्म हामी उनीहरूसामु घुँडा टेकेर बसिरहन्छौँ । त्यसैले, आउनुहोस्, हामी सबै  आआफ्ना दरिला खुट्टा तनक्क तन्काएर उठौँ । यस लेखाइको रोमवासीमा अत्यन्त ठूलो प्रभाव पर्‍यो । उनीहरू निकै उत्साहित भए । एथेन्स सेनासित उनीहरूले डटेर युद्ध गरे । अन्त्यमा अजेय ठानिने एथेन्स सेना रोमसित पराजित भयो ।