१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौँ
२०७९ माघ ९ सोमबार १७:३३:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

आइएमई जनरल इन्स्योरेन्सको साधारणसभा सम्पन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
२०७९ माघ ९ सोमबार १७:३३:००

आइएमई जनरल इन्स्योेरेन्स लिमिटेडको २५औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।

सोमबार लाजिम्पाटस्थित होटेल दी हिमालयमा सम्पन्न साधारणसभामा कम्पनीका अध्यक्ष हेमराज ढकालले निर्जीवन बिमा बजारमा कम्पनीको हालको अवस्था र भावी रणनीतिको बारेमा जानकारी गराए। सभालाई अध्यक्ष ढकालले समीक्षा वर्षदेखि हालसम्मको देशको आर्थिक तथा राजनीतिक अवस्था र त्यसको कारणबाट समग्र बिमा क्षेत्रमा परेको प्रभावको बारेमा समेत जानकारी गराएका थिए।

उनले २४औँ साधारणसभामा गरिएको भवन निर्माणको प्रतिबद्धताको बारेमा सभालाई जानकारी दिँदै समीक्षा वर्षमा कम्पनीको पानीपोखरीस्थित २ रोपनी ६ आना २ पैसा ३ दाम जग्गामा करिब ६० हजार वर्गफिटको २ तल्ला पार्किङसहितको ११ तले भवन निर्माणको क्रममा रहेको र निर्माण सम्पन्नपश्चात उक्त भवनबाट कम्पनीले करिब ४ देखि ५ करोड वार्षिक आम्दानी गर्ने जानकारी गराए।

अध्यक्ष ढकालले देशमा विद्यमान आर्थिक तथा राजनीतिक अवस्थाको बाबजुद कम्पनीले गत वर्षको दाँजोमा १६.४७ प्रतिशतले बिमा प्रिमियम संकलनमा वृद्धि हासिल गरेको बताए।