Skip This
दुई युवाको अपहरणपछि हत्या : गृहमन्त्रीको राजीनामा माग्दै प्रदर्शन 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ ९ सोमबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका जनकपुरधाम
२o७९ माघ ९ सोमबार १६:३१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दुई युवाको अपहरणपछि हत्या : गृहमन्त्रीको राजीनामा माग्दै प्रदर्शन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, जनकपुरधाम
नयाँ पत्रिका
२o७९ माघ ९ सोमबार १६:३१:oo

जनकपुरधामका दुई युवाको भारतमा अपहरणपछि हत्या भएपछि परिवारले जिल्ला प्रहरी कार्यालय धनुषामा विरोध प्रदर्शन गरेका छन्। 

मृतकका आफन्त र स्थानीयले आफूले मृत्यु हुनुभन्दा पहिला नै प्रहरीलाई खबर गरे पनि प्रहरी प्रशासनले आवश्यक चासो नदिएको भन्दै विरोध जनाएका हुन्। 

१४ दिन अगाडिदेखि सम्पर्कविहीन भएका जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ का २१ वर्षका रोहित साह र वडा नम्बर १३ निवासी वर्ष २२ का विष्णु साहको अपहरणपछि भारतमा हत्या भएको थियो। मृतक दुवैजना एकै परिवारका हुन्। 

रोहित विष्णुलाई लिएर भारतको सीतामढी जिल्लाको बेला परिहार बस्ने आफ्नो नातेदारको घर गएका वेला अपहरणकारीले अपहरण गरी परिवारसँग फिरौतीको माग गरेका थिए। तर, परिवारले फिरौतीको रकम बढाउँदै गएपछि प्रहरीलाई खबर गरेपछि भारतीय सीमा गाउँमा उनीहरू दुवैको हत्या भएको थियो। 

गत सोमबारसम्म विष्णुका परिवारलाई फिरौतीको मागसहित भारतीय नम्बरबाट फोन आइरहेको र सुरुमा २० लाख मागेको अपहरणकारी विष्णुसँग कुरा नगराए पनि उनको आवाज रेकर्ड गरेर उनका आफन्तलाई सुनाउने गरेका आफन्तले बताएका छन्।

विष्णुको परिवारले अपहरणकारीलाई २० लाख दिन राजी भएपछि परिवारले प्रहरीलाई जानकारी गराएको थियो। मंगलबारदेखि अपहरणकारीको मोबाइलमा सम्पर्क हुन छोडेपछि आफन्तले प्रहरीमा खबर गरेका थिए। 

मृतकका मामाले प्रहरीलाई पहिला नै हराएको र अपहरणमा परेको रिपोर्ट दिए पनि प्रहरीले नै चासो नदिएको आरोप लगाए। उनले जिल्ला प्रहरी कार्यालय धनुषाको लापरबाहीका कारण आफन्तले ज्यान गुमाउनुपरेको बताए। विरोध प्रदर्शनमा उनीहरूले मृतकलाई न्याय दे, गृहमन्त्री राजीनामा देजस्ता नारा लगाएका थिए ।   

तस्बिर : न्युज एजेन्सी नेपाल