Skip This
वृद्ध झादम्पती हत्या प्रकरण : फरार रहेका अर्का अभियुक्त पक्राउ
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ ८ आइतबार
  • Saturday, 27 July, 2024
२o७९ माघ ८ आइतबार १२:३९:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

वृद्ध झादम्पती हत्या प्रकरण : फरार रहेका अर्का अभियुक्त पक्राउ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ माघ ८ आइतबार १२:३९:oo

झन्डै दुई वर्ष पहिले वृद्ध झादम्पती हत्या प्रकरणमा फरार रहेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पिपरा गाउँपालिका– ५ सहोडवानिवासी वृद्धदम्पती मुसाफिर झा र उनकी श्रीमती गीतादेवी झासमेतको हत्या आरोपमा करिब दुई वर्षदेखि फरार रहेका सोही ठाउँका ७३ वर्षीय तेजनारायण झालाई प्रहरीले पक्राउ गरेको हो ।

मेचीनगर नगरपालिकास्थित नेपाल–भारत सीमानाकाबाट उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । गुवाहाटीमा पुजारीको काम गर्दै गरेका तेजनारायणलाई विशेष सुराकीको आधारमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी कृष्ण पंगेनीले बताए ।

०७७ फागुन ११ गते ७३ वर्षीय मुसाफिर र ६६ वर्षीया गीतादेवीलाई कैलाश झा, रामबाबु यादव, सुरेन्द्र यादव, राजेन्द्र भनिने रजिन्द्र यादव, हरेन्द्र ठाकुर, तेजनारायण झा, तारादेवी झा र विकास भनिने बब्लुकुमार झाले अपहरण गरी शरीर बन्धक बनाई बेपत्ता पारी हत्या गरेका भन्दै मृतक दम्पतीका छोरा मनीष झाले प्रहरीमा जाहेरी दिएका थिए । मृतक दम्पतीको शव प्रहरीले चैत्र १२ गते घटनाको झन्डै एक महिनापछि पिपरा– २ स्थित पिपराबाट मटिहानी जाने सडकमा गाडेको अवस्थामा फेला पारेको थियो ।

शव भेटेलगत्तै प्रहरीले वृद्ध दम्पतीको घरबाट हराएका सामग्री तथा तथा शव राखिएको कन्टेनर तेजनारायणको घरबाट बरामद गरेको थियो । तेजनारायणका छोरा कैलाश झा र भारतीय नागरिक हरेन्द्र ठाकुरलाई हत्याको मुख्य अभियुक्त बनाइएको छ । उनीहरूले वृद्धदम्पतीको हत्या गरी शव लामो समयसम्म आफ्नै घरमा राखेको र सम्पूर्ण जानकारी हुँदाहुँदै पनि तेजनारायणले प्रहरीलाई भ्रमित गर्न खोजेका अभियोग लगाइएको छ । हत्याको सबै जानकारी भएर पनि प्रहरीसँग कुरा लुकाएका उनी कुरा खुल्ने डरले पछि भारत भागेका थिए ।

अदालतले हत्याका मुख्य आरोपीहरू कैलाश झा र भारतीय नागरिक हरेन्द्र ठाकुर तथा मृतककै छिमेकी रामबाबु यादवलाई पुर्पक्षका लागि थुनामा राखेको छ । रामबाबुका छोराहरू सुरेन्द्र यादव र रजिन्द्र यादव पाँच पाच लाख धरौटीमा छुटेका छन् भने तेजनारायण झाकी श्रीमती तारादेवी झा र कान्छो छोरा बब्लुकुमार झा जनही दुई लाख धरौटीमा छुटेका छन् ।