Skip This
प्रदेश १ लाई हराउँदै सुदूरपश्चिम पहिलोपटक च्याम्पियन
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ ७ शनिबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ माघ ७ शनिबार १७:oo:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

प्रदेश १ लाई हराउँदै सुदूरपश्चिम पहिलोपटक च्याम्पियन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ माघ ७ शनिबार १७:oo:oo

रुबिना क्षेत्रीको कप्तानीमा रहेको प्रदेश १ लाई ६ विकेटले पराजित गर्दै सुदूरपश्चिम प्रदेश प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ।

इटहरीको जनता पार्कमा शनिबार सम्पन्न फाइनल खेलमा ६ विकेटको सहज जित निकाल्दै सुदूरपश्चिम च्याम्पियन बनेको हो। यससँगै सुदूरपश्चिमकाे टोलीले सहभागिता जनाएको प्रतियोगितामा अपराजित रहँदै उपाधि उचाल्न सफल भएको हो। 

पहिलोपटक च्याम्पियन बनेको सुदूरपश्चिमले उपाधिसहित पाँच लाख रुपैयाँ प्राप्त गर्दा उपविजेता प्रदेश एकले तीन लाख रुपैयाँ पुरस्कार पायो। प्रदेश १ ले प्रस्तुत गरेको १ सय २ रनको लक्ष्य सुदूरपश्चिमले १ बल बाँकी रहँदा चार विकेट गुमाएर भेटाउन सफल भएको हो। 

जवाफी ब्याटिङ गरेको सुदूरपश्चिमका लागि सम्झना खड्काले अविजित २७, डोली भट्टले २२, कविता जोशीले अविजित १९ र कविता कुँवरले १२ रन जोड्न सफल भएका थिए। बलिङतर्फ प्रदेश १ का लागि सबनम राई, कप्तान रुबिना क्षेत्री, संगीता राई र हिरनमायी रोयले समान एक-एक विकेट लिए।

यसअघि टस जितेर ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर मात्र १ सय १ रन बनाएको थियो। प्रदेश १ का लागि काजल श्रेष्ठ अर्धशतकीय पारी खेल्न दुई रनले चुकिन्। ६३ बलमा ८ चौकाको मद्दतमा अविजित रहँदै सर्वाधिक ४८ रनको योगदान दिएकी थिइन्। 

यसैगरी, अप्सरी बेगमले १५ र कप्तान रुबिना क्षेत्रीले १४ रन जोड्नुबाहेक अन्य खेलाडीले उल्लेख्य रन बनाउन सकेनन्। प्रदेश १ लाई सस्तैमा रोक्ने क्रममा सुदूरपश्चिमका लागि मनीषा चौधरीले दुई तथा ऋतु कनोजियाले एक विकेट लिए।

सात प्रदेश र एक विभागीय टोलीले सहभागिता जनाएको प्रतियोगितामा सुदूरपश्चिम प्रदेशकी कविता कुँवर प्लेयर अफ दी सिरिज घोषित भइन् भने उत्कृष्ट ब्याटरसमेत चुनिइन्।

सर्वोत्कृष्ट खेलाडीबापत उनले ३० हजार र ब्याटरको रूपमा २० हजार प्राप्त गरिन्। यस्तै, उत्कृष्ट बलर मनीषा चौधरी प्रतियोगिताको उत्कृष्ट बलर घोषित भइन्।