१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
खुम्बिला हिमाल
सोनी राई साेलुखुम्बु
२०७९ माघ ७ शनिबार ११:०६:००
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

हिउँ बिनाका हिमाल 

Read Time : > 2 मिनेट
सोनी राई, साेलुखुम्बु
२०७९ माघ ७ शनिबार ११:०६:००

हिमाली जिल्ला सोलुखुम्बुमा यस वर्ष हिउँ नपर्दा हिमालको सौन्दर्यता  हराउँदै गएको छ । विगतका वर्षहरुमा मंसिर अन्तिम र पुषको पहिलो साताबाट नै हिउँ पर्न सुरु हुने सोलुखुम्बुमा यस वर्ष माघ लागिसक्दा पनि हिउँ परेको छैन । जसले गर्दा हिउँले टल्किने यहाका हिमालहरु यतिबेला कालो पहाडमा परिणत हुँदै गएका छन् । 

यतिबेला हिमाली जिल्लाका खेतबारी र डाँडापाखा सेताम्मे हिउँले ढाकिन्थे । यहाका बासिन्दा हिउँ खेल्न र हिउँमा तस्बिर खिच्न व्यस्त हुन्थे । सिजनमा हिउँ पर्दा बाहिरी जिल्लाबाट समेत हिउँ खेल्न आउनेको लर्को लाग्ने गथ्र्यो । तर यस वर्ष हिउँदमा नत वर्षात भयो नत हिमपात नै ।

नुम्बुर हिमाल 

करिब एक दशकदेखि ट्रेकिङ गाइड गर्दै आएका माप्य दुधकोशी गाउँपालिका ७ सकनामका नविन मगर हिमालमा हिउँ नभएका कारण हिमालहरुको सौन्दर्यता हराउदै गएको बताउँछन् । उनी भन्छन् ‘पहिला जस्तो हिउँ पर्नै छाड्यो, हिउँले हिड्न पनि गाह्रो हुन्थ्यो आजभोलि हिउँ बिनाको हिमाल उजाड देखिन्छ । ‘हिउँ पर्दा माथिल्लो क्षेत्र खुम्बुमा हिड्न असहज भएको र हिउँमा चिप्लिएर लडेको अनुभव सुनाउँदै उनी यो वर्ष हिउँ नपरेका कारण हिँड्डुलमा समस्या नभएको सुनाउछन् । 

कोंदे हिमाल 

सिजनमा हिउँ नपर्दा हिमालहरुको प्राकृतिक सन्दरता नै गुमेको देखिन्छ । सेता हिमाल कालापत्थरमा परिणत भएका छन् । पर्यटन व्यवसायी लामाकाजी शेर्पा हिउँ परिहाले पनि १५, २० वर्ष पहिलाको जस्तो बाक्लो हिउँ पर्न छोडेको बताउछन् । जिल्लामा सबैभन्दा पहिला हिउँ पर्दा खुम्बु क्षेत्रमा नै पर्ने गरेको छ । तर यो वर्ष माघको पहिलो सातासम्म पनि मौसम सफा रहेको र हावा चलिरहेको पर्यटन व्यवसायी शेर्पाको भनाइ छ । वर्षेनी हिउँ कम हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै उनी कालान्तरमा यसले पर्यटनमा क्षेत्रमा नकरात्मक र सकरात्मक दुबै असर गर्न सक्ने बताउछन् । 

ताबुचे हिमाल 

सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेका प्रमुख संरक्षण अधिकृत भुमिराज उपाध्ययले अफसिजनमा पनि फाट्टफुट्ट पर्यटक खुम्बु प्रवेश गरिरहेको बताए । हिउ पर्दा पदमार्ग पुरिने र पर्यटक चिप्लने समस्या हुने गरेको भए पनि यो वर्ष हिउँ नपरेकाले पर्यटकहरु सजिलै आवतजावत गरिरहेको उनको भनाइ छ । पर्यटनका लागि यो समय अफसिजन मानिन्छ । तर अफसिजनमा पनि माघको १, २ र ३ गतेको अवधिमा ९५ जना पर्यटक खुम्बु प्रवेश गरेका छन् । गत वर्ष हिउँ पर्दा खुम्बुको तापक्रम माईनस १७ डिग्री सम्म मापन गरेको र अहिलेको तापक्रम माईनस ९ डिग्री रहेको उनले बताए । सिजनमा हिउँ पर्दा नाम्चे बजार आसपासमा ४ देखि ५ फिटसम्म हिउँ पर्ने गरेको प्रमुख संरक्षण अधिकृत उपाध्यय बताउछन् । 

सगरमाथा 

समयमा हिमपात नहुँदा यहाका कृषकहरु चिन्तित बनेका छन् । हिउँदमा पानी नपरेका कारण बालीनालीमा सिंचाईको अभाव झेलेका कृषकहरु हिमपातको पर्खाईमा थिए । तर हिउँ नपर्दा बालीनालीनै सुख्खा हुन थालेको सोलु रिङमुका कुमार विश्वकर्मा बताउछन् । आफुले बारीमा लगाएको गहुँ पानीको अभावका कारण सुक्न थालेको भन्दै उनी चिन्ता व्यक्त गर्छन् । 

सोलुदुधकुण्ड नगरपालिका फेराका रिन्जी शेर्पा ६७ वर्ष पुगे । उनलाई अहिलेसम्म हिउँ नपरेको कुनै वर्ष याद छैन । वर्षेनी हिउँ पर्ने सोलुमा यस वर्ष यति ढिलासम्म पनि हिउँ नपरेकोप्रति उनी चिन्ता व्यक्त गर्छन् । हिउँदमा वर्षात र हिमपात हुन छोडे हिउँदे बाली र फलफुल उब्जनी गर्न कृषकहरुलाई समस्या हुने उनले बताए । वर्षेनी हिउँको मात्रा कमी हुँदै जानु र समयमा हिउँ नपर्नुको कारणबारे भने उनी अनविज्ञ छन् । 

सल्लेरी