Skip This
म्याच फिक्सिङ प्रकरण : राखेपले १२औँ दिनमा बयान सकायो
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ ६ शुक्रबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ माघ ६ शुक्रबार o६:४९:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

म्याच फिक्सिङ प्रकरण : राखेपले १२औँ दिनमा बयान सकायो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ माघ ६ शुक्रबार o६:४९:oo

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को छानबिन कार्यदलले विवादमा मुछिएको नेपाल टी–२० लिग फ्रेन्चाइजको म्याच फिक्सिङसम्बन्धमा बयान सकाएको छ । कार्यदलका संयोजक एकेन्द्र कुँवरले १२औँ दिनमा छानबिन सकाएको जानकारी दिएका छन् । राखेपले कुँवरको संयोजकत्वमा पाँच सदस्यीय छानबिन कमिटी गठन गरेको छ । ‘बिहीबार कार्यदल गठन भएको १२औँ दिन हो, हामीले बयान सकाएका छौँ,’ संयोजक कुँवरले नयाँ पत्रिकासँग भने । 

कार्यदलले नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारी, राष्ट्रिय टोलीका कप्तान, पूर्वकप्तान, खेलाडी, प्रशिक्षक र कमेन्टेटरसँग बयान लिएको थियो । कुँवरका अनुसार छानबिनका क्रममा कार्यदलले एक दर्जनभन्दा बढी व्यक्तिसँग बयान लिएको छ । कार्यदलले अब तीन दिनभित्र राखेपका सदस्यसचिव टंकलाल घिसिङलाई प्रतिवेदन बुझाउनेछ । 

राखेपले छानबिनको प्रतिवेदन १५ दिनभित्र बुझाउन निर्देशन दिएको छ । ‘हामीसँग थप तीन दिन बाँकी छ, हामी सबै प्रक्रिया पूरा गरी प्रतिवेदन बुझाउँछौँ,’ कुँवरले भने, ‘हामी छानबिनको सबै विवरण सार्वजनिक गर्छाैं ।’ क्यान आफैँले आयोजना गरेको नेपाल टी–२० लिग सुरुदेखि नै विवादास्पद बनेको थियो । प्रतियोगिताको आयोजनादेखि खेलाडीले पारिश्रमिक नपाएकोसम्म विवाद कायमै रह्यो । 

प्रतियोगिता आयोजनाको स्वीकृति र व्यवस्थापन भारतीय कम्पनी सेभेन थ्री स्पोर्टस् सम्झौतासम्मको विवाद रह्यो । मैदानमा पूर्वकप्तान ज्ञानेन्द्र मल्ल र कमेन्टेटर सचिन तिमिल्सिनाले टी–२० लिगमा फिक्सिङ भइरहेको खुलासा गरेपछि राखेपले छानबिन कार्यदल गठन गरेको थियो । प्रतियोगिता सम्पन्न भइसकेको छ । नेपाल टी–२० विवादमा मुछिएपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) र नेपाल प्रहरीको अनुसन्धान ब्युरो सिबिआईले पनि छानबिन गरिरहेका छन् ।